Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दक्षिणकालीलाई नास्पाती र लप्सीसँगै पर्यटकीयस्थलका रुपमा विकास गरिने

काठमाडौँ । धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको पर्याप्त सम्भावना रहेको दक्षिणकाली नगरपालिकालाई नासपाती र लप्सीको समेत पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

वडा नं ८ स्थित फर्पिङ क्षेत्र पहिलेदेखि नै नासपाती पाउने स्थलका रुपमा प्रसिद्ध छ । फर्पिङलाई वाग्मती प्रदेश सरकारले समेत नासपाती ब्लक भनी घोषणा गरेको छ । वडा नं ९ को हुमाने भञ्ज्याङलाई लप्सी ब्लकका रुपमा घोषणा गरिएको छ । वडा नं ८ को राम्चे भञ्ज्याङलाई समेत लप्सी ब्लकका रुपमा विकास गर्न लागिएको छ । नासपाती र लप्सी राम्रो हुने नगर क्षेत्रलाई दुवै उत्पादनको उदाहरणीयस्थलका रुपमा विकास गर्ने गरी नगरपालिकाले पनि बजेट विनियोजन गरेको नगर प्रमुख मोहन बस्नेतले राससलाई जानकारी दिए ।

नगरपालिकाको वडा नं ६ र ७ लाई फूल व्यवसायको हबका रुपमा विकास गर्न लागिएको पनि उनले सुनाए । नौ वटा वडा रहेको नगर क्षेत्रका प्रत्येक वडालाई एक÷एक उत्पादनको हबका रुपमा विकासका लागि पूर्वाधार तयार पारिएको नगरपालिकाले जनाएको छ ।

चम्पादेवीमा वैदिक ग्राम

नगरपालिकाको चम्पादेवीमुनि रहेको ह्वाइटहाउस डाँडाबाट काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका महत्वपूर्णस्थल देखिने भएकाले यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । चम्पादेवीको २७ रोपानी जग्गामा नेपाल महर्षि वैदिक फाउन्डेसनले वैदिक ग्राम निर्माण अन्तिम चरणमा पुर्याएको छ । दशैँअघि नै उद्घाटन गर्ने गरी वैदिक ग्रामको काम भइरहेको नगर प्रमुख बस्नेतले बताए ।

प्राचीनकालदेखि नै प्रसिद्ध तीर्थस्थलको पहिचान बनाएको दक्षिणकालीमा वैदिक ग्रामको निर्माणसँगै वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिने आशा नगरपालिकाले लिएको छ । ऋग्वेदको १०औँ मण्डलबाट लिइएको भावातीत ध्यानको विश्वव्यापी प्रचारप्रसारमा लागेका महर्षि महेश योगीका अमेरिकाका चेलाको विशेष सहयोगमा चम्पादेवीमा वैदिक ग्राम निर्माण भइरहेको छ ।

वैदिक ग्राममा ध्यान साधनास्थल, वैदिक यज्ञस्थल, वैदिक पण्डितको आवासीयस्थल, प्रशिक्षणस्थललगायत संरचना तयार भइरहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले बताए ।

याङ्लासीमा शैक्षिक पर्यटन प्रवद्र्धन गरिने

वडा नं ५ मा रहेको विश्वभरका बौद्धमार्गीको पवित्रतीर्थस्थल याङ्लासीलाई शैक्षिक पर्यटनका रुपमा अगाडि बढाउन लागिएको नगरपालिकाले जनाएको छ । यो स्थलमा अहिले पनि वार्षिक हजारौँ बौद्धमार्गी विश्वका विभिन्न स्थलबाट आउने गरेका छन् । यहाँको माटोलाई विश्वका बौद्धमार्गीले निधारमा लगाएर श्रद्धा प्रकट गर्ने गरेका छन् ।

वडा नं ९ मा वाणासुरको दरबार रहेको विश्वास गरिन्छ । यो स्थललाई पनि उत्खनन गरेर ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्वको प्रचारप्रसार गर्न सके नगरपालिकामै वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिने विश्वास गरिएको नगर प्रमुख बस्नेतले बताए ।

वडा नं ३ वडामा रहेको हात्तीवन रिसोर्टका कारण पनि नगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । वडा नं ४ वडामा रहेको अग्लो डाँडालाई पिक स्पटका रुपमा विकास गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरिने छ । वडा नं २ लाई प्रदेश सरकारले तरकारी ब्लकका रुपमा घोषणा गरेको छ ।

उपत्यका जलमग्न हुँदा नै दक्षिणकाली वडा नं ६ बस्ती थियो भन्ने विश्वास गरिन्छ । शिखरापुर भनिने यो नगरमा राजा पचलीभैरवले समेत शासन गरेका थिए भन्ने भनाई बुढापाकाको रहिआएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिए ।

हरिशङ्कर यात्राको मुख्य मन्दिर गोपालेश्वर, पौराणिक पात्र वाणासुरको छोरी उषामैयाँको दरबारसमेत वडा नं ६ को जङ्गलमा रहेको विश्वास गरिन्छ । यो स्थलमा अहिले पनि दरबारको भग्नावशेष रहेकाले उत्खनन गर्न पुरातत्व विभागलगायतलाई नगरपालिकाले अनुरोध गरेको छ । यहाँ भगवान् कृष्णसँग सम्बन्धित जात्रा पनि चलाइने परम्परा छ ।

वडा नं ९ मा वाणासुरको दरबार रहेको विश्वास गरिन्छ । यो स्थललाई पनि उत्खनन गरेर ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्वको प्रचारप्रसार गर्न सके नगरपालिकामै वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिने विश्वास गरिएको नगर प्रमुख बस्नेतले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies