Khabar Dabali Logo
  September 21, Mon

आगामी ३ दिन अधिकांश स्थानमा वर्षाको सम्भावना : मौसम विभाग

काठमााडौँ । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

“उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो”, मौसमविद् पौडेलले भने । मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ हो । यसलाई हेर्दा नेपालमा मनसुनको समय अब एक साता छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डग्री सेल्सियस रहेको छ ।

भदौ ३१ गते, २०७७ - १६:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक यातायात: ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण...   
वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने/नगर्ने अध्ययनका लागि समिति बनाएर काम...   

उत्पादित वस्तु बजारीकरण गर्न समस्या

रुकुम । रुकुमका धनीराम कुसारीले घोराही उपमहानगरपलिका–१७ गैरागाउँमा सिद्धबाबा गाई फार्म सञ्चालन...   

हालसम्म कोरोना सङ्क्रमणबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ...   

बाँकेमा कोरोनाबाट थप ५९ वर्षीय पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया...   

अफगानिस्तानका २ जिल्लामा तालिबानको आक्रमण, ४ जना प्रहरीसहित २१ जनाको मृत्यु

फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् ।...   

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी...   

उत्पादन भएको मकैले बजार पाएन

दाङ । दाङको गढवा गाउँपालिका­७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले...   

धनगढी विमानस्थलबाट ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

धनगढी । धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको...   

बैतडीमा दादुरा रुबेलाका बिरामी भेटिए

बैतडी । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top