Khabar Dabali Logo
  September 19, Sat

चट्याङ लागेर १५ को मृत्यु

पटना । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ ।

यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो ।

चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।

बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान सो कुराको जानकारी दिएको हो । गएको सोमबारदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। पीडितका परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ ।

भदौ ३१ गते, २०७७ - १२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि...   

जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको छ : पूर्वप्रम नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको जगमा टेकेर समाजवाद निर्माणको लक्ष्यमा...   

तीन तहकै सरकार अधिकारको प्रयोग गर्न सक्ने भएका छन् : परराष्ट्रमन्त्री ज्ञावली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले मुलुकमा सङ्घीयताको भविष्य उज्वल रहेकाले अहिले देखिएका...   

संविधान घोषणा भए पछि मलाई खुसी र गर्व छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   

विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो, यी हुन् सबैभन्दा बढि संक्रमित हुने देश

एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित...   

काँग्रेस महामन्त्री डा. कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट...   

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आएको प्रधानमन्त्रीको भनाई

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर ९वेभ० आउन सक्ने...   

अर्को वर्षको अप्रिलसम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना...   

पहिराले बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध...   
कोरोना महामारीकाे कारण कबुल गरिएको काम सम्पन्न हुन सकेन (यस्ताे छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

कोरोना महामारीकाे कारण कबुल गरिएको काम सम्पन्न हुन सकेन (यस्ताे छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पूरा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top