Khabar Dabali Logo
  September 23, Wed

कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु

काठमाडौँ । गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो ।

त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको मर्मत भइसकेकाले कलङ्कीदेखि नागढुङ्गा खण्डमा मर्मत भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । “यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ”, प्रमुख अधिकारीले बताए, “यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।”

यो सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो । पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा चावहिल–साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो ।

उपलब्ध चौडाइमा मात्रै सडक निर्माण गर्दा झण्डै आधा लम्बाइमा मापण्डानुसार चौडाई कायम भएको छ । मापदण्डानुसार २२ मिटर चौडाई कायम भएका स्थानमा मात्रै आयोजनाले दुबैतर्फ हिमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाई कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ ।

भदौ ३१ गते, २०७७ - ११:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निगमको नौ गन्तव्यमा नियमित आन्तरिक उडान सेवा शुरु

निगमको नौ गन्तव्यमा नियमित आन्तरिक उडान सेवा शुरु

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा...   

पशुपालनका लागि सहुलियत ऋणअन्तर्गत रु १३ करोड कर्जा प्रवाह

दमौली । गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु १३ करोड...   

करेन्ट लागेर कैलालीमा २९ वर्षीय रघुवीरसिंहको मुत्यु

कैलाली । करेन्ट लागेर यहाँ एक जनाको आज मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– १० स्थित धानखेतको बीचबाट...   

बालबालिकाको सुन लुट्ने महिला पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको...   

अफगानिस्तानको लोगार प्रान्तमा २५ आतंककारीको मृत्यु

लोगार । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको...   

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति...   

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

रोम । इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट अति...   

थुनुवालाई स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो

इलाम । थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन...   
किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिमका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र

किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिमका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र

कञ्चनपुर । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा...   

जिल्लामै पहिलो पटक स्थानीय तहले तयार गर्यो पाठ्यक्रम

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top