Khabar Dabali Logo
  September 23, Wed

निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन : पूर्वसभामुख ढुङ्गाना

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताएका छन् । अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र संवादको ३४ औँ शृङ्खलामा उनले लोकतान्त्रिक शासन व्यवस्था स्थिर बनाउन निर्वाचन पद्धति सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरे ।

सत्य निरुपण र मेलमिलाप आयोगका काम पूरा नभई शान्ति प्रक्रिया अलपत्र छाडिनु पनि लोकतन्त्रप्रति चुनौती बनेको उनको विश्लेषण थियो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले सन् १९९७ सेप्टेम्बर १५ मा शुरु भएको अन्तरव्यवस्थापिका परिषद्का १५३ सभामुखको भेलाले घोषणापत्र जारी गरी अन्तरराष्ट्रिय लोकतन्त्र दिवस मनाउन आह्वान गरेको स्मरण गरे। महासङ्घका अर्का पूर्वसभापति धर्मेन्द्र झाले जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने अभ्यासमा जाने व्यवस्था गरिनुपर्ने विचार राखे ।

राजनीतिक विश्लेषक विनोद सिंजापतिले लोकतन्त्रको हिमायती भनिने नेपाली काँग्रेसले आफ्नो आन्तरिक निर्वाचन पद्धतिमा सुधार गर्न नसक्दा दलमै समस्या देखिएको बताउँदै विकृत बन्दै गएको राष्ट्रिय निर्वाचन पद्धतिलाई सुधार गर्न आवश्यक भएको भनाइ राखे ।

वरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरेले लोकतन्त्रले सुशासन र कानूनको शासनलाई पालना गर्छ भन्ने विश्वासले यसप्रतिको आकर्षण विश्वमा बढे पनि पछिल्लो समय यसलाई सत्तामा पुग्ने भ¥याङका रुपमा मात्र उपयोग गरिएको सुनाए ।

पूर्वसांसद विन्दादेवी आले रानाले राजनीतिक दल मात्र बढेर दबाब समूह नहुँदा लोकतन्त्रका लागि चुनौती थपिएको बताए । सङ्घीयताका अध्येता डा रुद्र शर्माले वर्तमान संविधानमा पनि सहभागितामूलक लोकतन्त्र भए पनि व्यवहारमा आउन नसकेकाले चुनौती देखिएको भनाइ राखे ।

कार्यक्रममा विनोदकुमार भट्टराई, टीकाराम न्यौपाने, विष्णु पन्थी, नारायण भट्टराईलगायतले गोविन्द केसीले उठाइरहेका जनताको स्वास्थ्यका विषयमा काँग्रेस, कम्युनिष्टलगायत दल गम्भीर बन्नुपर्नेमा जोड दिए ।

भदौ ३१ गते, २०७७ - १०:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा थपिए ६३७ संक्रमित, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

उपत्यकामा थपिए ६३७ संक्रमित, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ...   

बुधबार थप ११७२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ४३६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

गोरखामा जडीबुटी खोज्न जाँदा भिरबाट लडेर मुत्यु

गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका...   

२० वर्षीया बुहारीलाई पटक–पटक बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ...   

पहिलो पटक बन्यो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

ललितपुर । मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार...   

छठलगत्तै त्रिविका सबै परीक्षा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी...   

करेन्ट लागेर मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजरको मृत्यु

ओखलढुङ्गा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका...   

कोरोना सङ्क्रमणबाट वडाध्यक्ष थारुको मृत्यु

बर्दिया । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष...   

एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि

लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक...   

अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top