Khabar Dabali Logo
  September 29, Tue

हुम्लामा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव

हुम्ला । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए ।

गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे।

गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन आग्रह गरेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधि भए नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । उनापनीका बिरामी र स्वास्थ्य इकाइमा औषधिको अवस्था बुझेर जानकारी गराउने बताए ।

सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताए । केही दिनअघि गाउँपालिकामा पुगेको औषधि दाखिला गरिनसकेको उहाँले बताए । औषधिको मुचुल्का भएको र दाखिला गरी सबै वडाका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको धामीले बताए ।

भदौ ३१ गते, २०७७ - ०९:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशालालाई कारवाही गर्न पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा...   

मिटर रिडिङ नभएका ग्राहकले जरीवाना तिर्नुनपर्ने, तिरेको भए अर्को महिना मिलान हुने

काठमाडौं । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा,...   

हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई...   
अधिवक्ता भट्टराईद्वारा प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

अधिवक्ता भट्टराईद्वारा प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता...   
‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, विजेतालाई ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिने

‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, विजेतालाई ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिने

काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’...   

उपत्यकामा मात्रै ९३४ जनामा कोरोना, देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...   

२४ घण्टामा थप १५१३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ७६ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

उपत्यकामा भीडभाड बढ्न थालेपछि जोरबिजोर प्रणालीमा थप कडाई, ११ सय सवारी कारवाहीमा

काठमाडौं । कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान...   

मेलम्ची पछि देशकै दोस्रो ठूलो पोखरा खानेपानी आयोजनाको काम शुरु

कास्की । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु...   

सर्लाहीका १६ क्रसर उद्योग अनिश्चितकालका लागि बन्द

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top