Khabar Dabali Logo
  September 22, Tue

न्याय नपाएर सप्तरीकी बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् ।

बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताएकी छन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् ।

मण्डल समुदायका ८÷१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।

साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताए ।

घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको संघर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन् ।

घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । मृतकको शव गएराति राजविराज ल्याइएको छ ।

प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिए ।

भदौ ३१ गते, २०७७ - ०८:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित समयमै क्लिन फिड लागू गर्ने

काठमाडौँ । सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको...   

चाडपर्व नजिकिँदै गर्दा आकाशियो तरकारीको भाउ

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको...   

केरुङमा रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित हुन सक्ने

काठमाडौं । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११...   
राजश्व छली गर्नेहरु फेरि सक्रिय

राजश्व छली गर्नेहरु फेरि सक्रिय

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । आजको राजधानी...   
अब विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने

अब विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था...   

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा...   

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले...   
कर्णालीमा कहालीलाग्दो जीवन

कर्णालीमा कहालीलाग्दो जीवन

राष्ट्रिय अनुपातमा कर्णालीको औसत आयु ६ वर्ष र प्रतिव्यक्ति आय आधा कम कर्णाली। चिकित्सा शिक्षा सुधारसहितका...   

दोलखा पहिरो : पुनर्निर्माण प्राधिकरणको नजर पुगेन, पहिरोले गाउँ नै बगायो

भीर फाटेर झरेको पहिरोबाट २६ परिवार पूर्ण विस्थापित, २४७ परिवार प्रभावित दोलखा। दोलखा कालिञ्चोक गाउँपालिका–५...   
कोरोनाका कारण लघुवित्तमा भाका नाघेका ऋणी ६४३ प्रतिशतले बढे

कोरोनाका कारण लघुवित्तमा भाका नाघेका ऋणी ६४३ प्रतिशतले बढे

फागुनयता मात्रै भाका नाघेका ऋणीहरूको संख्या १ लाख ६८ हजारबाट बढेर १२ लाख ५६ हजार काठमाडौं । लघुवित्त...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top