Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यातायात, होटेल १ असोजदेखि र आन्तरिक उडान ५ असोजबाट खुल्ने

काठमाडौं। कोरोना जोखिमका कारण ११ चैतदेखि बन्द रहेको होटेल र लामो दूरीको यातायात १ असोजबाट सञ्चालनमा आउने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजिनक गर्दै हवाई क्षेत्र पनि १ गतेदेखि खुलाउने जनाएको थियो । तर, पर्यटन मन्त्रालयले ५ गतेबाट खुलाउने निर्णय गरेकाले सोहीअनुसार खुलाउन हवाई कम्पनीहरूलाई पत्र पठाएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

यता सरकारका प्रवक्ताले सिटको आधा क्षमतामा मात्रै यात्रु उडाउनुपर्ने बताए । तर, यसअघि पूरै सिट क्षमतामा उडाउने निर्णय भएकाले बुधबार यो विषयमा व्यवसायीहरूसँग छलफल गरिने महानिर्देशक पोखरेलले बताए ।

एयरलाइन्स कम्पनीहरूले ५ असोजदेखि नै उडान गर्ने गरी टिकट बुकिङ खुलाएका छन् । नेपालीहरूको चाड दशैं समेत नजिकिएको भन्दै एयरलाइन्स कम्पनीहरूले बुकिङ खुलाएका हुन् । बुद्ध, यती, सीता, तारा, श्री एयरलाइन्स, सिम्रिकलगायत एयरलाइन्स कम्पनीहरूले टिकट बुकिङ खुलाएका छन् ।

व्यवसायीहरूले होटेल र रेस्टुराँ १ असोजदेखि नै खुलाउने निर्णय गरेका छन् । सरकारले १ असोजदेखि खुलाउन अनुमति दिने निर्णयसँगै व्यवसायीहरूले स्वास्थ्य प्रोटोकल लागू गरेर खुलाउन लागेको जनाएका छन् । देशभर २० हजारभन्दा बढी रेस्टुराँ रहेका छन् भने १५ हजारभन्दा बढी साना र ठूला होटेलहरू रहेका छन् ।

११ चैतबाट बन्द रहेको लामो दूरीको यातायात खुलाउने सरकारको निर्णयसँग यातायात व्यवसायी र मजदुर खुसी भएका छन् । स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरेर सञ्चालन गरिने यातायात भाडा भने ५० प्रतिशत थप हुनेछ । तर, सवारीसाधनको एकापट्टि मात्र यात्रु राख्न पाइनेछ ।

सबैखालको तयारी भइरहेकाले बिस्तारै सञ्चालन गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । यसैबीच यातायातमन्त्री वसन्त नेम्वाङले बुधबार १० बजे मन्त्रालयमा छलफलका लागि व्यवसायीलाई डाकेका छन् ।

बिहीबारदेखि यातायात सञ्चालनमा ल्याउने भए पनि प्रोटोकल के–के हुने, कहाँ खाना खुवाउने, कहाँ ओराल्नेजस्ता विषय भने स्पष्ट नभएको व्यवसायीहरूको भनाइ छ ।

डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त
सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

उनलाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएको सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । राष्ट्रिय सभामा मनोनीत नहुने भएपछि खतिवडाले २९ भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies