Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ५ प्रतिशत : एडिबी

काठमाडौं। एसियाली विकास बैंक (एडिबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मंगलबार सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा चालू वर्ष ६ दशमलव ४ प्रतिशत आर्थिक वृद्धि हुने यसअघिको प्रक्षेपणलाई घटाएर १ दशमलव ५ प्रतिशतमा झारिएको छ । नेपाल सरकारले बजेटमार्फत यस वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

गत आव ०७५–७६ मा नेपालमा आर्थिक वृद्धि माइनस २ प्रतिशत संकुचनमा गएको थियो । तर, केन्द्रीय तथ्यांक विभागले यसअघि गरेको २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने आकलनलाई अन्तिम परिमार्जन गर्न बाँकी नै छ । त्यसअघिका तीन वर्ष नेपालको आर्थिक वृद्धि लगातार ६ प्रतिशतभन्दा माथि भएको थियो ।

‘विगतमा बलियो आर्थिक वृद्धि गरिरहेको नेपालले कोरोनाका कारण निर्यात, रेमिट्यान्स र पर्यटन आयमा संकुचन आई वृद्धिदर घट्ने देखिएको छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतको आर्थिक वद्धि तीव्र रूपमा घटेकाले त्यसको असरसमेत नेपालको अर्थतन्त्रमा पर्नेछ,’ नेपालका लागि एडिबीका निर्देशक मुख्तोर खामुदखानोभले बताए । कोरोनाको संक्रमण बढ्दै गएर त्यसको रोकथामका लागि थप कदम चाल्नुपरेको अवस्थामा मुलुकको आर्थिक वृद्धि थप कम हुने पनि उनले बताए ।

आजै सार्वजनिक भएको नेपाल म्याक्रोइकोनोमिक अपडेटका अनुसार मौसम राम्रो भएकाले यो वर्ष धानको उत्पादन बढ्ने र कृषि क्षेत्रको वृद्धिदर केही राम्रो हुने देखिन्छ । तर, रासायनिक मलको आपूर्तिमा भएको अवरोधले धानको उत्पादनलाई प्रभावित बनाउन सक्नेछ ।

गत आवको तुलनामा मूल्यवृद्धि केही घटेर चालू आर्थिक वर्षमा ५ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण पनि एडिबीले गरेको छ । गत आवमा मूल्यवृद्धि ६ दशमलव २ प्रतिशत थियो । मुलुकको चालू खाता घाटा भने गत आवमा जिडिपीको माइनस ० दशमलव ९ प्रतिशतबाट अझै घटेर माइनस १ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण पनि एडिबीको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies