Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

परराष्ट्र मन्त्रालयकै नक्कली लेटरहेड र छाप बनाएर करोडौं ठगी

काठमाडौं । सरकारको दाबी छ– अपराध नियन्त्रणमै छ । तर, अपराधी र ठगको हौसला बुलन्द तथा आत्मबल उच्च छ । उनीहरूलाई कानुन र प्रहरीकै कुनै डर छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहको ठगी धन्दाले त्यही भन्छ । तीन दिनअघि पक्राउ परेका सिंहमाथि पाँच दिनको म्याद थपेर प्रहरी अनुसन्धान जारी छ ।

युरोप र अमेरिका लैजाने प्रलोभनमा एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक लैजाने प्रलोभनमा ठगी धन्दा चलाउँदै आएका थिए । असनस्थित उनकै कार्यालयमा छापा मारेपछि ठगी गर्ने खेल बाहिर आएको हो ।

आफ्नो ठगी कर्म अगाडि बढाउन सिंहले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको नक्कली लेटरहेड तथा छाप बनाउँथे । यतिले मात्र नभई युवालाई फसाउन उनले नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट कार्यालयको समेत नक्कली लेटरहेड तथा छाप बनाएका थिए । यसका आधारमा उनले पटक–पटक गरेर ३५ देखि जनालाई ठगेको अनुमान छ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनलाई सरकारी कार्यालयको नक्कली लेटरहेड र छापसहित पक्राउ गरिएको बताए । ‘ठगिएको जाहेरी परेको थियो । त्यसपछि उनी पक्राउ परेका छन् । उनको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालयका नक्कली छाप र लेटरहेड भेटियो,’ प्रवक्ता राठौरले भने, ‘कागजपत्रमा आफैले हस्ताक्षर गर्ने रहेछ । छाप पनि आफै लगाउँदो रहेछ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

असनस्थित कार्यालयमा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयको छाप र लेटरहेड बरामद गरेको थियो । प्रहरीका अनुसार उनले बेलायती सरकारमातहतको श्रम मन्त्रालय र नेपाल सरकारमातहतको श्रम मन्त्रालयबीच श्रम सम्झौता भएको नक्कली कागजात बनाउने गर्थे ।

श्रमिकका लागि परराष्ट्र मन्त्रालयमार्फत बेलायतबाटै माग आएको भन्दै आफैँ नक्कली मागपत्र बनाउँथे । पत्रमा मजदुरका लागि निर्धारण भएर आएको पारिश्रमिक पत्रसमेत देखाउँथे । सम्पर्कमा आएकालाई सोही पत्र देखाउँथे । जान चाहनेसँग आवश्यक सबै कागजपत्र माग्थे ।

केही महिनापछि कागजपत्र बुझाउनेलाई फोन सम्पर्क गरेर बोलाउँथे । भिसा आएको भन्दै नेपालस्थित दूतावासका कर्मचारीको हस्ताक्षर र छाप हानिएको कागजपत्र उनीहरूलाई दिन्थे । यसबापत उनले प्रतिव्यक्ति न्यूनतम १६ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले उनको कार्यालयबाट बेलायती सरकारमातहतको श्रम मन्त्रालय र नेपाल सरकारको श्रम मन्त्रालयबीच सम्झौता भएको भन्दै होटेल मिडल्यान्डका लागि मजदुर माग गरिएको मागपत्र बरामद गरेको छ ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयको लेटरहेडमा उल्लेखित मागपत्रमा वैदेशिक रोजगार विभागका उपसचिव सञ्जय रावलको हस्ताक्षर छ । सँगै नेपालस्थित बेलायती दूतावास मातहतको कन्सुलेट अफिसको छापसमेत पत्रमा छ ।

‘यसले विदेशका विभिन्न मुलुकबाट श्रमिक माग भएको भन्दै आफैँ हस्ताक्षर गर्ने रहेछ । लेटरहेडदेखि छापसमेत आफै बनाउँदो रहेछ । भ्रममा परेका सर्वसाधारणबाट यसले १६ लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ,’ परिसर प्रवक्ता एसपी राठौरले भने, ‘अहिलेसम्म हामीकहाँ दुई पीडितको जाहेरी परेको छ । जाहेरी आउने क्रम जारी छ । त्यसो हुँदा यसले धेरैजनाबाट ठूलो रकम ठगेको हुन सक्छ । अनुसन्धान जारी छ ।’

प्रहरीका अनुसार अहिले मनोज अधिकारी र रामकृष्ण खत्रीको जाहेरी परिसरमा परेको छ । पीडितमध्ये अधिकारीलाई बेलायत र खत्रीलाई अमेरिका लैजाने प्रलोभन दिएको थिए । यसका लागि अधिकारीले साढे १६ लाख रुपैयाँ र खत्रीले पनि १५ लाख रुपैयाँभन्दा धेरै रकम बुझाइसकेका छन् । पक्राउ परेका सिंहविरुद्ध सरकारी कागजात किर्ते, ठगी र चेक बाउन्सको मुद्दा चल्ने परिसरका प्रवक्ता एसपी राठौरले बताए ।

उनले भने, ‘सरकारी कागजात किर्ते गरेको छ । त्यस्तै यसले काटेको चेक पनि बाउन्स भएका छन् । त्यसो हुँदा यसलाई सरकारी कागजात किर्ते, चेक बाउन्स र ठगी मुद्दाअन्तर्गत म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies