Khabar Dabali Logo
  October 1, Thu

काठमाडौं उपत्यकाको फुटपाथ पसल हटाउन थालियो

काठमाडौँ । काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान शुरु गरिएको छ । वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान थालेको हो ।

सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता कमी आउने, विभिन्न रोगका सङ्क्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान शुरु गरिएको बताइएको छ । स्थानीय युवाको सक्रियता रहेको अभियानले स्थानीय तह, सुरक्षाकर्मीलगायतसँग समन्वय गरी सम्पदामाथिको अतिक्रमण निरुत्साहित गर्ने, प्राचीन महत्वका स्थल तथा ऐतिहासिक वस्तुको संरक्षण गर्ने लक्ष्य राखेको छ ।

काठमाडौँ महानगरपालिका­२५का सदस्य विनोद तुलाधरले भित्री वस्ती क्षेत्रमा पसल खोलिएका कारण विगतमा धेरै पैदलयात्रु दुर्घटना भई घाइते तथा केहीको मृत्यु समेत भएको अवस्थामा शुरु गरिएको अभियानको प्रशंसा गरे। अभियानका सल्लाहकार समेत रहेका तुलाधरले यस प्रकारका पसललाई कुनै पनि हालतमा बैधता दिन नहुने बताए ।

भदौ ३० गते, २०७७ - १८:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सुनको मुल्य घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा रु २ सय रुपैंयाँले घटेको हो । नेपाल...   

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा...   

रुपन्देही र बाँकेमा कोरोनाबाट थप चार जनाको मृत्यु

रुपन्देही । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी...   
सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत

सरकारको मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत

काठमाडौँ । सकारको मुख्यसचिव पदमा शंकरदास बैरागी नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्...   

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी...   

विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति निगमकाे आपत्ति, विदेशीले भन्दा नेपाली पाइलटलेनै धेरै तलब बुझ्ने गरेकाे दाबी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले...   

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई बैंकको शाखा बन्द

कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा...   

डोटीमा कम हुँदै सक्रिय सङ्क्रमित

डोटी । जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित...   

बुटवल कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ गत असोज १२ गते स्वास्थ्यमा...   

दुई किशोरीको नेपाल–भारत सीमाबाट उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top