Khabar Dabali Logo
  October 1, Thu

विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी २२ लाख जरिवाना सङ्कलन

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी रु २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो । एकासी दिनमा १०८ जना फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, कीर्ते, वन, सार्वजनिक अपराध तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले गत आइतबार एकै दिनमा ३५ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरुबाट रु २०० देखि दुई लाखसम्म गरी रु चार लाख १६ हजार ३२५ भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट एकै दिनमा उक्त सङ्ख्यामा उनीहरु पक्राउ गर्नु उपलब्धिमूलक भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।

भदौ ३० गते, २०७७ - १५:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्तानमा कारबम बिस्फोट, ५ सैनिक सहित ९ जनाको मृत्यु

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको...   

आयुर्वेदिक औषधालयको सेवा विस्तारपछि बिरामीलाई सहज

सुर्खेत । कर्णाली प्रदेशको एकमात्र प्रदेशस्तरीय आयुर्वेदिक औषधालय सुर्खेतको सेवा विस्तार भएसँगै...   
नास्पाती बिक्रीबाट वार्षिक ५ करोड भित्र्याउँदै दक्षिणकाली

नास्पाती बिक्रीबाट वार्षिक ५ करोड भित्र्याउँदै दक्षिणकाली

काठमाडौँ । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ ।...   

नेपालको इजरायलसँग कृषि र श्रम सम्झौता

काठमाडौँ । नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’...   

यात्रुको सङ्ख्या बढ्न थालेपछि भरतपुरमा दैनिक ५ उडान

भरतपुर । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान...   

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट दुई करोड

खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले...   

मनसुन बाहिरिन अझै एक साता लाग्ने

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम...   

बन्द रहेको पोखरा–दिल्ली बस सेवा पुनः सञ्चालनमा आउने

कास्की । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली...   

धान खेती छाडेर कागती खेतितर्फ आकर्षित किसान

कावासोती । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित...   

बाजुरामा नागरिकता बनाउनेको भीड

मार्तडी । जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ । कोरना भाइरसका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top