Khabar Dabali Logo
  September 29, Tue

शहीद सिन्धु–लालध्वज मार्ग ट्रयाक खोलेको २४ वर्षपछि कालोपत्रे

तनहुँ । शहीद सिन्धु–लालध्वज मार्गको ट्रयाक खोलेको चौबीस वर्षपछि कालोपत्रे गर्न शुरु भएको छ । तनहुँको शुक्लागण्डकी–१ कोत्रेदेखि व्यासनगरपालिका–६ क्रियापानी हुँदै लमजुङको दुईपिप्लेसम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । जिल्ला सदरमुकाम दमौलीदेखि कोत्रेसम्मको पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको शहीद लालध्वज मार्ग गण्डकी प्रदेशको आर्थिक सहयोगमा कालोपत्रे गर्न लागिएको हो । कोत्रे–थप्रेक सडक मार्गअन्तर्गत करिब १६ किलोमिटर दूरीमध्ये पहिलो चरणमा १ हजार ३०० मिटर दूरी कालोपत्रे गर्न लागिएको वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।

विसं २०५३ मा उक्त सडकको ट्रयाक खोलिएको थियो । उनले भने, “कालोपत्रे शुरु गर्न लागेसँगै पूर्वाधार विकास कार्यालयका प्राविधिकले सडकको माटो परीक्षण थालेका छन् ।” गण्डकी प्रदेशको रु डेढ करोडको लागतमा मिर नेपाल कन्ट्रक्सन पोखराले कालोपत्रे गर्ने जिम्मा पाएको छ । उक्त दूरीको सडक दशै अगावै कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरु गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷७७ को अनुदान बजेटबाट शुक्लागण्डकी नगरपालिकाको १ र २ नम्बर वडामा पर्ने जुवेखोलादेखि धोबिडाँडासम्मको मार्ग कालोपत्रे गर्न लागिएको वडाध्यक्ष पौडेलले जानकारी दिए । शहरी विकास मन्त्रालयबाट उक्त मार्गको स्तरोन्नतिका लागि डिपिआर गर्न बजेटसमेत विनियोजन गरिसकेको छ ।

त्यसैगरी उक्त मार्ग हुँदै सिन्धुमार्गको साँघेफाँट र व्यास नगरपालिका–५ चापाघाटस्थित सदरमुकाम नजिक जोडिने हुँदा रिङरोडको रुपमा विकास गर्न लागिएको शहीद सिन्धु लालध्वज मार्ग निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा व्यास नगरपालिका–८ पुलिमराङका लालध्वज गुरुङले तत्कालिन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा तनहुँको कोत्रेमा सहादत प्राप्त गरेका थिए । उनले सहादत प्राप्त गरेको स्थानदेखि थप्रेकसम्मको मार्गलाई शहीद लालध्वज मार्ग नामकरण गरिएको हो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा व्यास–८ पुलिमराङका शम्शेर गुरुङ र भरत गुरुङ चितवनमा तथा लालध्वज, सर्वसिं र हस्तवीर गुरुङ तनहुँको कोत्रेमा शहादत प्राप्त गरेका थिए । पाँच जनाको शहीदको सम्झनामा व्यास नगरपालिकाको सक्रियतामा उनीहरुको ९जन्मघर० व्यास–८ पुलिमराङमा अर्धकदको शालिक निर्माण गरेर शहीद ग्रामको रुपमा विकास गर्न थालेको छ ।

भदौ ३० गते, २०७७ - १५:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई...   

अफगानिस्तानमा बम बिस्फोट, कम्तीमा १५ जनाको मृत्यु

काबुल । मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान...   

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास, २६ जनाको मृत्यु

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा...   

कोरोनाको जोखिम बढ्दै गएकाले क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार

धादिङ । धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टिनलाई थप व्यवस्थित गर्न...   

ललितपुरमा १५ देखि २५ गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

ललितपुर । ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल...   

बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्नेलाई अनुदान

म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई...   
नेपालगञ्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

नेपालगञ्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने

नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास...   

कोरोनाबाट विश्वभरी मृत्यु हुनेको सङ्ख्या १० लाख नाघ्यो

नयाँ दिल्ली । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई...   

महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै सङ्कटमा

लिमा । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य...   

बालुवा झिक्ने क्रममा पुरिएर ३७ वर्षीय थापाको मृत्यु

वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top