Khabar Dabali Logo
  September 28, Mon

गुणस्तर कमजोर देखिएपछि जगदम्बा उद्योगमाथि कारवाही

वाग्मती । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ ।

बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले जानकारी दिए। विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए ।

उता उपभोक्ता मञ्च वीरगञ्जका रमेश शाहले उपभोक्तालाई ठगी गरेकाले छानविन गरी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताए । गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको जानकारी दिए।

भदौ ३० गते, २०७७ - १४:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबार थप १३५१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु...   
देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन...   

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । धरानमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ । ती कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य...   

काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु

बाकु । आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५...   

भरतपुर अस्पतालमा कोारोना सङ्क्रमितको बिरामी घटे

चितवन । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित...   

चितवनमा डिएसपी थापासहित ८ प्रहरीमा कोरोना पुष्टि

चितवन । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण...   
थप ९ वटा स्यानिटाइजरलाई उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध (सुचिसहित)

थप ९ वटा स्यानिटाइजरलाई उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध (सुचिसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरलाई उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको...   

नेप्सेमा झिनो अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल...   

पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भएनि सम्बधितलाईनै दिन मन्त्रालयको निर्देशन

काठमाडौं । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top