Khabar Dabali Logo
  September 23, Wed

कोरोनाबाट विश्वमा ९ लाख ३२ हजार भन्दा बढीको मृत्यु

जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ४९ हजार २८९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख २७ हजार ८२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४९ लाख ३० हजार २३६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३८ लाख ५९ हजार ३९९ कोरोना भाइरस मुक्त भएका छन् भने ८० हजार ८०८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख १३ हजार १८४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३२ हजार ११७ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ६८ हजार ३२० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ७८ हजार ७०० कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ६३५ जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ३३ हजार ८६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७३ हजार ३६४ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ८१२ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख २१ हजार ८९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ६ हजार ९२५ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार १२३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ७१ हजार ७१६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७५ हजार ७९५ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ४९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ५० हजार ७४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७९ हजार २८९ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४९९ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख ९३ हजार ७३० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ८४८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ५ लाख ६५ हजार ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २८ हजार ९५३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ६६७ जनाको मृत्यु भएको छ ।

भदौ ३० गते, २०७७ - १२:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

रोम । इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट...   

थुनुवालाई स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो

इलाम । थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन...   
किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिमका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र

किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिमका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र

कञ्चनपुर । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा...   

जिल्लामै पहिलो पटक स्थानीय तहले तयार गर्यो पाठ्यक्रम

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय...   

समयमा काम सम्पन्न नगरेको भन्दै २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

वाग्मती । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग...   

पोखरामा बाघको छाला र सालकको खपेटासहित २८ वर्षीय युवक पक्राउ

कास्की । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको...   

निरन्तर वर्षाको कारण बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । लमजुङ र मनाङको एक मात्र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाले...   

पहिरोले स्कार्पियो पुरिँदा चालकको मृत्यु

मकवानपुर । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा...   

पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि नमूना काठमाडौँ पठाउन थालियो

चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि...   

फुड बैंकमार्फत ३८५ परिवारलाई खाद्यान्न

तनहुँ । जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी गु्रपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको फुड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top