Khabar Dabali Logo
  September 19, Sat

माडीमा कृषि पर्यटन प्रवद्र्धनका लागि १०० जना क्षमताको होमस्टे

चितवन । जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो । उनीहरुका घरमा चार कोठा हुने छन् । जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ ।

दश वटा घर अन्तिम चरणमा पुगेको छ । गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ । निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो । ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ । घर निर्माणका लागि वाग्मती प्रदेशले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।

बाँकी श्रमदान आफैँले गर्नुपर्ने हुन्छ । गायकले भने, “उहाँहरुलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ ।” यही माघ, फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिए । कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गरिने उनको भनाइ छ । सोही क्षेत्रमा रु ५० लाखको लागतमा गन्धर्व सांस्कृतिक भवन बनाइँदै छ । सो भवनमा २५० जना अट्ने उनले जानकारी दिए ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा पर्यापर्यटन, धार्मिक पर्यटनसँगै कृषि पर्यटनका लागि होमस्टे उपयोगी हुने बताए । सामूहिक कृषि खेतीसँगै लोपोन्मुख गन्धर्व जातिको संरक्षणमा त्यहाँ भएको काम बहुआयामिक भएको उहाँको भनाइ छ । उनले बताए, “पछाडि परेको समुदायलाई अगाडि बढाएर कृषि पर्यटनमा नमूना काम हुँदैछ ।” यसले माडी आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने ढकालको भनाइ छ । कृषिमा माडी नमूना भएको भन्दै उनले अब पर्यटन प्रवद्र्धनका काम अघि बढाइने जानकारी दिए ।

त्यसै वडामा रामको जन्मभूमि अयोध्या भएको भन्दै सरकारले अध्ययन थालेको छ । माडीमा नै वाल्मिकी आश्रम, वैकुण्ठ धाम, सीता गुफा, गोद्धक, छरछरे, स्वमेस्वर कालिका मन्दिरलगायत धार्मिक क्षेत्र रहेका छन् । माडी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको पर्यटकीय क्षेत्र हो । त्यस क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना रहेको छ । माडी माछापालनका लागि पकेट क्षेत्र हो । अन्य कृषि उत्पादनमा पनि माडी अग्रस्थानमा रहेको छ ।

सामूहिक खेतीका लागि १०० बिघा जमिन एकीकृत गरिएको छ । एकीकृत गरिएका जमिन धेरै दलितको हो । पौडेलका अनुसार त्यहाँ रहेका ८५ घर परिवारमध्ये ४९ घर दलितको ३४ घर बाहुन क्षेत्रीको र तीन घर जनजातिको रहेको छ । हाल सामूहिक खेती गरिएको क्षेत्रमा टनेलभित्र काउली, खुर्सानी र गोलभेँडा लगाइएको छ । यससँगै धानखेती गरिएको छ । वर्षा बढी भएकाले टनेल बाहिर तरकारी खेती गर्न कठिन भएको पौडेलले जानकारी दिए । सहकारीले सामूहिक खेतीका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहयोग जुटाएर आवश्यक औजार जोडेको छ । जसले खेती गर्न सहज र छिटो भएको पौडेलको भनाइ छ ।

भदौ ३० गते, २०७७ - ११:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा भ्रष्टाचारका विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको विषयलाई लिएर नागरिक समाजका...   

भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना...   

म्याग्दीका एक गाउँमा ६० किसान मिलेर डेरी सञ्चालन

गलेश्वर । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन्...   

नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका...   

‘क्वारेन्टिन राखेका विद्यालयमा भर्ना हुन मान्दैनन् विद्यार्थी’

तुलसीपुर । सरकारले आजदेखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ । सोही निर्देशनानुसार...   

डडेल्धुरामा वर्षौँपछि खानेपानी योजना निर्माण शुरु

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका–७ का ५९४ घर परिवार खानेपानी योजना निर्माण हुनथालेपछि खुशी...   

जिल्ला बाहिर दूध बिक्री हुँदा किसान उत्साहित

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका भगिराम विकको घरमा उत्पादित दूध बिक्न थालेको...   

घरभाडा छुुट दिनेलाई पुरस्कार

गलकोट । कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच...   

कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी

धादिङ । मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्य...   

म्याग्दी कोरोनामुक्त जिल्ला बन्यो

म्याग्दी । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top