Khabar Dabali Logo
  September 26, Sat

कोरोनाका कारण कामदार अभाव भएपछि हुवासिन सिमेन्ट उद्योग ठप्प

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशङ्का पैदा भएको छ । कामदार अभावका कारण निर्माण कार्य पूर्णरूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चिनियाँ कामदार फर्केपछि करिब दुई महिनादेखि निर्माण कार्य ठप्प भएको हो ।

बढ्दो कोरोना सङ्क्रमणको सन्त्रासका कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए । उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ–२ ताल्दी अहिले प्रायः सुनसान बनेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानी डुब्ने त्रासमा रहेको उद्योगले जनाएको छ ।

कम्पनीले आफ्ना प्राविधिकसहित कामदार नेपाल आउन तयार रहे पनि कोरोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति दिएको छैन । कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले यथासक्य छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भइरहेको जानकारी दिए । उनले चिनियाँ कामदार ल्याउनका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

उनले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताए । उद्योगको भौतिक काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । उता बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले उद्योगको काम रोकिँदा स्थानीयले पनि रोजगारीको अवसर गुमाएको र राजस्व सङ्कलनमा समेत ठूलो असर परेकाले उद्योगको काम सुचारु गर्न आवश्यक सहजीकरण गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

सिमेन्ट उत्पादन तथा सिमेन्टसम्बन्धी प्रविधि विस्तारमा हुवासिन विश्वमै अग्रणी स्थानमा रहेको छ । हुवासिनले विभिन्न २५ भन्दा बढी मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ । हुवासिनले करिब चार वर्ष अघि बेनिघाट रोराङ–२ मा रहेको चुनढुङ्गा खानी रु ६० करोड तिरेर भाडामा लिएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । हुवासिनले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो उद्योग होङ्सी शिवम् पछिको ठूलो विदेशी लगानी हो । उद्योगमा रु १५ अर्ब लगानी रहेको छ । उद्योगमा चिनियाँ लगानीका अतिरिक्त नेपाली व्यवसायी सुरज वैद्यको समेत लगानी रहेको छ ।

भदौ ३० गते, २०७७ - ११:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराका ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा

बाजुरा । बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक (जैविक) स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको...   

बाँकेमा बालविवाहको चुनौती

बाँके । बाँकेमा ‘विहेबारी, बीस वर्षपारि’ भन्ने नाराको व्यावहारिक परिपालना समुदायस्तरमा गराउन सरोकारवाला...   

मौसममा क्रमिक सुधार, पूर्वी क्षेत्रमा भने अहिले पनि वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने...   

खोलामा नवजात शिशुको शव फेला

कर्णाली । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी...   

कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै...   

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको : अध्ययन

सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको...   

कोरोनाकाबाट भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ...   

डा केसीको माग वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट...   
मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

गलेश्वर । इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार...   
एसओएसले लियो ६ जना टुहुरा बालिकाको जिम्मा

एसओएसले लियो ६ जना टुहुरा बालिकाको जिम्मा

बैतडी । दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top