Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ढोरपाटनका बाढी प्रभावितलाई १२६ थान सोलार प्रदान

बागलुङ । ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १२६ थान घरेलु सौर्य ऊर्जा प्रणाली ९सोलार० प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।

सासंद पाठकको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ३२, ढोरपाटन दैनिकले १५, कुलायन ब्याट्री इन्डष्ट्रिज र टपसन इनर्जी प्रालिले १०÷१० थान सोलार उपलब्ध गराएको सङ्घका सदस्य शर्माले जानकारी दिए । क्वालिटी रिन्युएवल इनर्जी, एक्सन एक्टिभ इनर्जी, सनवे इनर्जी, ब्राइट भिजन इनर्जी, सिआरसी नेपाल, सफा ऊर्जा, सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट, स्काइ इनर्जी, ड्रिम इनर्जी, एजी पावर सप्लायर्स, दीपलाइट इनर्जी र स्मार्ट सोलार कम्पनीले पाँच/पाँच थान सोलार सहयोग गरेका हुन् ।

यस्तै ज्योति इनर्जी र सौर्य इनर्जी प्रालिबाट दुई/दुई थान सोलार सहयोग आएको हो । बाढी प्रभावितका लागि सोलार जुटाउन ढोरपाटन दैनिकले संयोजन गरेको थियो । नगरप्रमुख देवकुमार नेपाली, वडा नं ९ का अध्यक्ष हरिबहादुर घर्ती र वडा नं ८ का अध्यक्ष नन्दे सुनारले सोलार बझेका थिए ।

सो अवसरमा सांसद पाठकले बाढीग्रस्त क्षेत्रमा तत्कालको आवश्यकता बिजुली भएकाले सोलार सहयोग गरिएको बताए । “तपाईँहरुको दुःखमा हामी पनि छौँ भनेर ऐक्यबद्धता जनाउन यहाँ आएका हौँ”, सांसद पाठकले भने । उनले बाढीबाट क्षति पुगेका घर, सडक, लघुजलविद्युत् अयोजनालगायत भौतिक संरचनाको पुनःनिर्माणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

ढोरपाटन दैनिकका सम्पादक गौतमले झण्डै रु १७ लाख बराबरका सोलार सेट सहयोग गरिएको बताए । “२० वाटको प्यानल, २० एम्पिएरको ब्याट्रीसहित सेटमा चाहिने सबै सामग्री छ”, उनले भने । बीस वाट क्षमताको सोलारबाट तीनदेखि पाँचवटासम्म बत्ती बाल्न मिल्ने जनाइएको छ । नगरप्रमुख नेपालीले अहिले बाढी प्रभावित परिवार बसेको ठाउँमा अस्थायीरूपमा सोलार जडान गरिने र पुनःनिर्माणपछि नयाँ घरमा सारिने उनले बताए । अन्धकारमा बसेका जनसाधारणलाई सोलारबाट ठूलो राहत मिल्ने बताए ।

यही भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटनका ११ वटा लघुजलविद्यत् आयोजनामा क्षति पुर्याएको छ । बिजुली अभावमा मोबाइल टावरसमेत बन्द हुँदा सञ्चार सेवा पनि बिच्छेद छ । वडाध्यक्ष घर्तीले ढोरपाटन क्षेत्रमा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार गर्नुपर्ने बताए । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् । बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । हालसम्म झण्डै ६५ लाख नगद राहत उठेको नगरपालिकाले जनाएको छ । लाखौँ मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सहायता सामग्री सङ्कलन र वितरण भइरहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies