Khabar Dabali Logo
  September 26, Sat

विद्युत्को खम्बाबाट खसेर एक इलेक्ट्रिसियनको मृत्यु

पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को खम्बाबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि खम्बा चढेका ३५ वर्षीय भोलाराम शर्माको खसेर मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

अवरुद्ध विद्युत् लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ । शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । आज परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

भदौ ३० गते, २०७७ - १०:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित

पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको मोदी गाउँपालिकाको डिमुवा बजार र पातीचौर बजारबाट निस्केको...   

बुद्धभूमि नगरपालिकाका वडाध्यक्ष खरविन्दको निधन

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको...   

महोत्तरीमा एकाबिहानै झलमल्ल घाम

महोत्तरी । आकाश धुम्मिएर छिनछिनमा पानी परी रहेर दिक्क भएका महोत्तरीवासी आज भने एकाबिहानै जुर्मुराएका...   

बालिका सम्झनाको हत्यारा पत्ता लगाई कारवाही गर्न माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ)ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई...   

सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउँदै

दमौली । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन्...   

बाजुराका ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा

बाजुरा । बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक (जैविक) स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको...   

बाँकेमा बालविवाहको चुनौती

बाँके । बाँकेमा ‘विहेबारी, बीस वर्षपारि’ भन्ने नाराको व्यावहारिक परिपालना समुदायस्तरमा गराउन सरोकारवाला...   

मौसममा क्रमिक सुधार, पूर्वी क्षेत्रमा भने अहिले पनि वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने...   

खोलामा नवजात शिशुको शव फेला

कर्णाली । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी...   

कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top