Khabar Dabali Logo
  September 22, Tue

सेती नदीमा बगेर एक महिला बेपत्ता

डोटी । सेती नदीमा बगेर आज एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका–६ कोट बस्ने अन्दाजी ३२ वर्षीया तुलसी बलायर नदीमा बगेर बेपत्ता भएकी हुन् ।

उनी आज गाउँ नजिकै सेती नदीमा गएको बेला चिप्लिएर नदीमा खसेको र नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ खोजीका लागि नजिकै रहेको तिल्ताली प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक रघुनाथ ओझाको कमाण्डमा प्रहरी टोली खटिए पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

प्रहरी तथा स्थानीयवासीले बेपत्ता भएकी महिलाको खोजी जारी राखेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढी तथा धमिलो पानी भएका कारण खोजीमा समस्या भएको बताइएको छ ।

भदौ २९ गते, २०७७ - २२:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म...   
भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर । नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि...   

शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज...   

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना...   

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

चितवन । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका...   

कोरोना सङ्क्रमित महिलाको शव उठेन

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया...   

गुर्जोको रस कोरोना विरुद्ध अचूक

दमौली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ...   
यसरी नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?

यसरी नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?

सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको...   

कोरोना सङ्क्रमणबाट कैदीबन्दीको मृत्यु

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु...   

दाईको मृत्यु भएको दोस्रो दिनमै बेपत्ता भाईको शव फेला

बुटवल । चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top