Khabar Dabali Logo
  September 24, Thu

थापालाई केन्द्रीय सदस्यको सुझाव –सिद्धान्तमा सम्झौता नगर्नुस्

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् ।

काठमाण्डौ उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरत्रि mयाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए । भौतिक दुरि कायम राख्दै संचालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्यहरु सहभागी थिए ।

बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यहरुले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए । राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजरअन्दाज गरी अगाडी बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरुले राजनीतिमा प्राविधिक पक्ष भन्दा सैद्धान्तिक पक्ष प्रवल हुने धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्नको निमित्त सवैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याए । राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफुले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठन केन्द्रीत भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा साँगठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गर्नु भयो ।

मुलुकमा विकृति, विसंगति, भ्रष्टाचारले जनता वाक्क दिक्क भएको र नयाँ वैकल्पिक शक्तिको खोजिमा जनता रहेकोले त्यो जनताले खोजेको विकल्प राप्रपा बन्ने गरी आगामी दिनमा कार्य गर्नु आजको आवश्यकता भएको थापाको तर्क थियो ।

बैठकमा पार्टीका नेताहरु दिपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजीव पराजुली, राजेन्द्र लिङदेन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्र बहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । यस अघि जिल्लामा रहेका नेताहरुलाई भर्चुअल बैठक गरेका थापाले छलफल अन्तरक्रियालाई आगामी दिनमा पनि जारी राख्नु हुने बर्तौलाले बताए ।

भदौ २९ गते, २०७७ - १९:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्वको अन्तरिम आदेश –वामदेवलाई राष्ट्रियसभाको हैसियतमा थप काम गर्न नदिनु !

काठमाडौं । हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक...   

क्रिकेट खेलाडीको तलब बढ्यो, बढीमा महिनाको ५० हजार

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा...   
मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन अनन्त र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका...   

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मेट्रिक टन युरिया मल

काठमाडौं । कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया...   
कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौं । विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’...   
आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान आजबाट शुरु हुँदैछ । गत चैत ११ गतेदेखि आन्तरिक...   

नेकपा सचिवालय बैठक स्थगित, भोली बालुवाटारमा हुने

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ।  आज एक बजे बस्ने तय भएको सचिवालय...   

शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा संक्रमण

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा...   
नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

नेपालमा कोरोनाको अर्को रेकर्ड, एकैदिन २०२० जना संक्रमित

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य...   

धरानमा एक संक्रमितको मृत्यु

धरान । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top