Khabar Dabali Logo
  September 22, Tue

बढ्न थाले असहाय गाईबाच्छासँग जन्मदिन मनाउनेहरु

काठमाडौँ । राष्ट्रिय जनावर भइकन सडकमा छाडा छोडिएका गाईबाच्छालाई जम्मा गरी आश्रय दिएको स्थलमा पुगी तिनलाई खान्की दिएर जन्मदिन मनाउनेको सङ्ख्या बढ्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल भदौ २७ गते परेको आफ्नो जन्मदिन असहाय गाईबाच्छासँग मनाउन गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित आश्रयस्थल पुगे । गाईबाच्छा संरक्षण स्थलमा पुगी उनले दाना पिठो खुवाउँदै माया साट्नु भएको हो । उपप्रमुख नेपालले सडकबाट उद्धार गरी ल्याइएका गाईबाच्छाका लागि दाना पिठो र औषधोपचारका लागि रु छ हजार उपलब्ध गराए ।

छाडा गाईबाच्छा संरक्षण गरेर अभियानले राम्रो काम गरेकाले व्यक्तिगत तवरबाट सहयोग गरी प्रोत्साहन गर्न आफू आश्रयस्थल पुगेको उनले बताए । राजधानीको काठ क्षेत्रमा गाई फार्म बढेकाले तिनमा अनुगमन बढाउने, नगरपालिकाका तर्फबाट कानून बनाएर व्यवस्थित गर्न पनि आफूले नगर कार्यपालिका र नगरसभामा प्रस्ताव गर्ने उनको प्रतिबद्धता छ ।

गाईपालकले बाच्छा जन्मिएको एक दुई हप्तामै छाडा छोड्छन् । छाडा छोडेका गाईबाच्छाप्रतिको दायित्व निर्वाह गर्न गोदावरी सफाइ अभियानकर्मी बेवी राजभण्डारीले पनि आफ्ना पिता स्व बुद्धिमान राजभण्डारीको भदौ २७ गते परेको पुण्य तिथिका अवसरमा दाना पिठोका लागि रु दुई हजार हस्तान्तरण गरे । यसैगरी भदौ २८ गते प्रणव पुडासैनी र २९ गते परेको प्रज्ञान पुडासैनीको जन्मदिनका अवसरमा अभिभावक परशुराम पुडासैनीले रु पाँच हजार संरक्षण अभियानलाई दिए ।

यसैबीच सपना सापकोटाले आफ्नो छोराको जन्मदिनका अवसरमा असहाय गाईबाच्छाका लागि ३० केजी पिठो दिए । रञ्जना दाहालले पनि आफ्नो जन्मदिनका अवसरमा पिठो उपलब्ध गराउनु भएको असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीले बताए । घाइते गाईबाच्छाको उपचारका लागि भने बढी खर्च हुने गरेको अभियानले जनाएको छ । प्रत्येक दिनजसो मनकारीहरु जन्मदिनको अवसर पारेर आश्रयस्थल आई गाईबाच्छाका लागि सहयोग गर्ने गरेका छन् ।

छाडा गाईबाच्छा तस्करी हुने, सडकमा दुर्घटना गराउनेलगायत समस्या भएकाले पनि यिनलाई व्यवस्थित गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भेग र पशुपति क्षेत्रले उपलब्ध गराएको जग्गा गरी दुई स्थानमा करिब ३०० असहाय गाईबाच्छालाई संरक्षण गरेको छ ।

दाताकै सहयोगमा छाडा गाईबाच्छाका लागि आहारा, उपचारलगायत सेवा जुटाइन्छ । गाईपालकले बाच्छा जन्मिएमा सडक, मठ, मन्दिर, नदी किनारमा लगी छाड्छन् । गाईलाई पनि बूढो भएपछि छाडा छोड्ने समस्या विकराल बन्दै गए पनि समाधानका लागि कुनै तहका सरकारले काम गरेका छैनन् ।

भदौ २९ गते, २०७७ - १४:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा छ्याप्छ्याप्ती म्याद सकिएका खाद्य सामग्री

म्याग्दी । पश्चिम म्याग्दीको दरबाङ बजारमा महिनाको दुई पटक खाद्य सामग्री खरीद गर्दै आएकी मालिका गाउँपालिका–७...   

भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख...   

चट्याङबाट मृत्यु भएका परिवारलाई २ लाख सहयोग

लमजुङ । लमजुङमा चट्याङबाट मृत्यु भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको परिवारलाई...   

टीकापुर मालपोत कार्यालयमामा कुपन सिस्टम लागू

टीकापुर । मालपोत कार्यालय टीकापुरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सेवाग्राहीका लागि कुपन सिस्टम...   

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको...   

अब खाडी मुलुकमा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा...   

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख व्यक्ति कोरोना सङ्क्रमित

जेनेभा । कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ)...   

मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान...   

खोलाले बगाउँदा १७ वर्षीया युवतीको मृत्यु

नवलपुर । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को...   
अस्ट्रेलियामा ९० ह्वेल माछाको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

अस्ट्रेलियामा ९० ह्वेल माछाको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

सिड्नी । अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top