Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जारी छ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम

चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ । कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रङ्गशाला निर्माण गरिरहेको छ । हाल रङ्गशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन् ।

निर्माणाधीन रङ्गशालाका निमित्त परियोजना व्यवस्थापक मणी दाशका अनुसार रङ्गशाला प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ । यसका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो । अहिले पिल्लरको काम भइरहेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बि’ को काम भैरहेको छ । ती मध्ये “ए” प्याराफिटमा १ सय ५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उनले जानकारी दिए । “ए” प्याराफिटमा १ सय १० वटा पिल्लर रहने छन् । त्यसैगरी “बी” प्याराफिटमा हुने १ सय १० पिल्लर मध्ये १९ वटाको जग हालिएको उनले जानकारी दिए । एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाइको हुने छ । दुई प्याराफिटमा १५/१५ जनाको हजार क्षमता हुने छ । मनसुन रोकिए लगत्तै भुइको काम गर्ने तयारी गरिएको छ । मौषमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको छ । यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ ।

रङ्गशाला निर्माणमा गत साउन मसान्त सम्म रु २३ करोड ७४ लाख ६४ हजार खर्च भइ सकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हाल सम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र सङ्कलन भएको छ । गत असार मसान्त सम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सि सामान सहयोग प्राप्त भएको थियो । काम भइरहेकाले रु ५ करोड भन्दा वढिको उधारोमा सामाग्री आएको उनले जानकारी दिए । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राबिधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिए । अहिलेको बिषम परिस्थितिका कारण थप सहयोग सङ्कलन केही घटेको जनाउँदै उनले यस अघि वोलकवल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिए । अगामी १८ महिना भित्र सम्पन्न गर्ने गरि रङ्गशाला निर्माणको काम भइरहेको छ ।

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन । रङ्गशाला निर्माणका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हाल सम्म रकम प्राप्त नभएको जनाइएको छ । सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उनको विश्वास छ । भरतपुर महानगरपालिकाका सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाहा जग्गा दिलाएर रङ्गशाला निर्माण सुरु गरिएको हो । भरतपुर महानगरपालिका १५ रामपुरमा विश्वविद्यालयले जग्गा दिए वापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ ।

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनसंग सहकार्य गरेर भइरहेको रङ्गशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागि परेको जानकारी दिए । महानगरले यस वर्ष ४ करोड र बागमती प्रदेशले ३ करोड विनियोजन गरेको छ । महानगरले गत वर्ष रकम बिनियोजन गरेको भए पनि प्राबिधिक कारणले निकासा गर्न कठिन भएको थियो । राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्वपूर्ण परियोजना भएको जनाउँदै उनले सबैको साथ र सहयोगको अपेक्षा गरे । फाउण्डेसनले नेपालमा क्रिकेट रङ्गशाला बनाउने बताएसंगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो । वि। सं। २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभूवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बिचमा जग्गाको बिषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि वढेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies