Khabar Dabali Logo
  September 28, Mon

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

वासिङ्टन । लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ ।

अमेरिकी सूचना चुहावटको आशंका जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकामा हुने व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न आदेश नै दिनु भएको छ । उहाँले आगामी सेप्टेम्बर २० भित्र टिकटकले निर्णय नगरे अमेरिकामा प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर समेत गरेका छन् ।

टिकटक र ह्वाइट हाउसले यसबारेमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । टिकटक खरिदमा माइक्रोसफ्टसँग साझेदारी गर्न चाहेको वाल्मार्टले टिकटकमा लगानी गर्न अझै पनि आफूहरु उत्साहित रहेको जनाएको छ । वाल्मार्टले बाइटडान्स र अरु साझेदारसँग वार्ता गरिरहेको बताएको छ ।

टिकटकले अमेरिकी व्यवसायलाई अन्य विश्वबाट कसरी विस्थापित गर्ने भन्ने बारेमा अझै केही बताएको छैन । चिनियाँ बजारका लागि बाइटडान्सले टिकटकजस्तै डोइन नामको भिडियो–सेयरिङ एप्लीकेसन प्रयोगमा ल्याएको छ ।

बाइटडान्स र अमेरिकी कम्पनीबीच हुने किनबेचका सम्बन्धमा अमेरिकाको विदेशी लगानी समितिले मूल्याँकन गरेपछि मात्र अन्तिम टुंगो लाग्नेछ ।

टिकटकका अनुसार संयुक्तराज्य अमेरिकामा १० करोड र विश्वभर ७० करोड ग्राहक रहेका छन् । यस एप्लीकेसनको स्वामित्व चिनियाँ नागरिकमा रहेकाले पनि अमेरिकामा विशेष चासो दिइएको हो । ह्वाइट हाउसले टेलिकम कम्पनीहरु हुवावे र जेडटिई, विच्याट समेतका निकै लोकप्रिय एप्समाथि शृंखलाबद्ध प्रतिबन्धहरु घोषणा गरिरहेको छ ।

टिकटक खरिदमा अग्रपंक्तिमा देखिएको ओराकलले खासगरी डेटाबेस सफ्टवेयर निर्माण गर्दछ ।
––

भदौ २९ गते, २०७७ - ११:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठेक्कामा एक वर्ष अवधि दिँदा पनि काम नगर्ने व्यवसायीलाई सरकारले कारवाही थाल्याे

काठमाडौं । सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही...   

ओम्नीलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट...   
उद्धारमा खटिएका प्रहरीलाई प्रतिदिन ३ सय भत्ता दिने मन्त्रिपरिषद् निर्णय, यस्ता छन् अन्य २५ निर्णय

उद्धारमा खटिएका प्रहरीलाई प्रतिदिन ३ सय भत्ता दिने मन्त्रिपरिषद् निर्णय, यस्ता छन् अन्य २५ निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीहरु उद्धारमा कार्यमा...   

हेटौँडा सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

मकवानपुर । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको...   

दशैँंलाई लक्षित गर्दै साल्ट ट्रेडिङले सहुलियत मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी...   
उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

उपत्यकामा मात्रै ८१७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका...   

सोमबार थप १३५१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु...   
देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

देउवाविरूद्ध पौडेल पक्षले दर्ता गरायाे ज्ञापनपत्र, कोइरालालगायत २७ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन...   

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । धरानमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ । ती कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top