Khabar Dabali Logo
  September 26, Sat

सिमकोटका आगलागी पीडितलाई एक लाख आर्थिक सहयोग

सिमकोट । काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लीले आगलागी पीडितका लागि आर्थिक सहयोग गरेका छन् । यही भदौ १७ गते सर्केगाड गाउँपालिका–७ वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका छ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई हुम्लीले एक लाख तीन हजार ५०० आर्थिक सहयोग गरेका हुन् ।

ताक्लाकोटबाट आएको आर्थिक सहयोग सिमकोट आइपुगेका आगलागी पीडितलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो । आगलागीबाट घर जलेर पूर्णरूपमा क्षति भएका छ घरपरिवारलाई जनही रु १० हजार र आंशिक क्षति हुने छ घरपरिवारलाई जनही रु ६ हजार ५०० प्रदान गरिएको हो ।

ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका हुम्लाका स्थानीयहरुले कैलाश व्यापार सङ्घ गठन गरेको र सो सङ्घका उपाध्यक्ष लामु लामामार्फत सहयोग रकम प्राप्त भएको हो । लामाले समेत रु २५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको छिटुप लामाले जानकारी दिए ।

भदौ २९ गते, २०७७ - ०९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराका ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा

बाजुरा । बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक (जैविक) स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको...   

बाँकेमा बालविवाहको चुनौती

बाँके । बाँकेमा ‘विहेबारी, बीस वर्षपारि’ भन्ने नाराको व्यावहारिक परिपालना समुदायस्तरमा गराउन सरोकारवाला...   

मौसममा क्रमिक सुधार, पूर्वी क्षेत्रमा भने अहिले पनि वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने...   

खोलामा नवजात शिशुको शव फेला

कर्णाली । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी...   

कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै...   

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको : अध्ययन

सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको...   

कोरोनाकाबाट भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ...   

डा केसीको माग वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट...   
मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

गलेश्वर । इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार...   
एसओएसले लियो ६ जना टुहुरा बालिकाको जिम्मा

एसओएसले लियो ६ जना टुहुरा बालिकाको जिम्मा

बैतडी । दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top