Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारतसँगको सीमामा सशस्त्रको उपस्थिति बढ्दै

बैतडी । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए । उनले भने, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।”

बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ । सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बिओपी स्थापना गरिसकेको छ । जिल्लाको झुलाघाट नाका, पञ्चेश्वर रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा रोक लगाउनका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रहरी नायब उपरीक्षक शाहले बताए । उनले भने, “तत्कालका लागि भौतिक संरचनाको अभाव भए पनि सशस्त्र प्रहरीले भाडाका भवन बसेर समेत सेवा दिइरहेको छ ।”

विस २०७५ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मको बैतडीमा स्थापना भएको थियो । उक्त गुल्म सदरमुकामस्थित गढीमा रहेको छ । त्यसपश्चात यही भदौ २५ गते भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाट, गत असार १६ गते पञ्चेश्वर गाउँपालिकाको रोलघाट र गत जेठ १० गते सीमानाका झुलाघाटमा बिओपी स्थापना भएको थियो ।

कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन् । नेपाल सरकारले पनि सोहीअनुपातमा बिओपी थप्ने तयारी गरेको हो । सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रूपान्तरण गर्ने सरकारी तयारी रहेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies