Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेप्सेको प्रणालीमा आज पनि समस्या

काठमाडाै‌ । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आज पुनः समस्या देखिएको छ । पछिल्ला केही दिनदेखि देखिँदै आएको समस्या समाधान नहुँदा यसको प्रभाव आज पनि बजारमा देखियो । जसका कारण आज दिउँसो केही समय लगानीकर्ताले शेयर किन्न र बिक्री गर्नसमेत समस्या व्योहोरेका छन् । यद्यपी समस्या समाधान गरिएसँगै कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भयो ।

स्टकका अनुसार नेप्से १६.५६ बिन्दुले बढेर एक हजार ५३७.२५ मा पुग्यो । यस्तै सेन्सेटिभ परिसूभक २.५९ ले वृद्धि भई ३०३.९७ मा पुग्यो । आज कूल १९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता शेयर रु तीन अर्व ३७ करोड ४१ लाख ४४ बराबरको कारोबार भयो ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २९.२२, वित्त २.९४ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८२, होटल ५७.९६, विकास बैंक १.३६, जलविद्युत् ४०.१५, निर्जीवन बीमा ३२५.१५, उतपादन १७.०८, अन्य ०.८७, लघुवित्त ८.२ र जीवन बीमा २८३.८८ ले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २४ करोड २० लाख ३२ हजार ३८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १९ करोड ३० लाख ७६ हजार ६७, नागरिक लगानी कोष रु १६ करोड ३९ लाख १८ हजार ५०९, शिवम् सिमेन्ट रु १० करोड ५६ लाख ९७ हजार ५२ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु १० करोड २५ लाख ४६ हजार ३०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९८, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९५, एनआरएन इन्फ्रास्टकचर ९.७७, राधी विद्युत् कम्पनी ९.६३ र अरुण ध्याली हाइड्रोपावर कम्पनीका शेयररधनीले ९.२४ प्रतिशतले कमाए । यस्तै, नबिल ब्यालेन्स फण्ड दुई ९.२७, दिव्यश्वरी हाइड्रोपावर ५.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.५५ र नागरिक लगानी कोषका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies