Khabar Dabali Logo
  September 21, Mon

मिथ्या सूचनाको स्रोत सामाजिक सञ्जाल

काठमाडौं । नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको देखिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणले सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले विशेषगरी युट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका हुन् । सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताको जवाफले यो अवस्था देखाएको हो ।

सो सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले आम नागरिकलाई मिथ्या र सही सूचना छुट्याउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाले ढिलो गर्न नहुने बताए ।

सर्वेक्षणमा सहभागीमध्ये ९५।५ प्रतिशतले बितेको एक साताको अवधिमा इन्टरनेट प्रयोग गर्दा मिथ्या सूचना भेटेको बताएका थिए । युट्युब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन पनि विषयलाई बढाई–चढाई गर्ने र मिथ्या सूचनासमेत दिने गरेका छन् ।

दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् । सत्र प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् ।

पछिल्ला दुई वर्षमा भएका सर्वेक्षणले मिडियाको विश्वसनीयता ९० प्रतिशतभन्दा बढी देखाएको छ । मिडिया अनुसन्धानकर्ता तिलक पाठकले भूलसुधार गरिहाल्ने र क्षमायाचनासमेत माग्ने गरेका कारण पनि सर्वसाधारणले यी मिडियालाई बढी विश्वास गर्ने गरेको बताए ।

दुई तिहाइभन्दा बढी लगभग ७४ प्रतिशतले नेपाली समाज र राजनीतिका लागि मिथ्या सूचना समस्या भइसकेको बताए भने १२ प्रतिशतले यो भविष्यमा समस्याका रूपमा आउन सक्ने देखिएको छ ।

यसरी हेर्दा लगभग ९७ प्रतिशत उत्तरदाताहरूले मिथ्या सूचना हाम्रो समाजका लागि समस्या उत्तरदातामध्ये ८७ प्रतिशतले इन्टरनेटमा आउने मिथ्या सूचनाले चिन्तित बनाएको र पाँच प्रतिशतले चिन्ता नलागेको बताएका थिए । उत्तरदातामध्ये धेरैले इन्टरनेटमा मिथ्या सूचनालाई न्यूनीकरण गर्न सरकार र मिडियाको प्रमुख भूमिका हुने र चालीस प्रतिशतले मिडियालाई र ३८ प्रतिशतले सरकारलाई सबैभन्दा बढी उत्तरदायी भएको बताए ।

एकभन्दा धेरै उत्तर दिन मिल्ने प्रश्नमा ३२ प्रतिशतले प्रयोगकर्तालाई र ३० प्रतिशलले सूचनाको माध्यम सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने बताएका थिए भने नागरिक समाजलाई मिथ्या सूचना न्यूनीकरणमा सबैभन्दा बढी उत्तरदायी ठान्नेको सङ्ख्या २२.५ र अन्य सरोकारवालालाई नौ प्रतिशतले उत्तरदायी ठानेका थिए ।

सेन्टरका पूर्वअध्यक्ष भुवन केसीले आउँदो निर्वाचनहरूमा मात्रै नभएर नागरिकका राजनीतिक एवम् सामाजिक मुद्दाहरूलाई नै प्रभाव पार्न सक्ने मिथ्या सूचना नेपालको लोकतन्त्रका लागि नै ठूलो खतरा भएको बताए ।

भदौ २८ गते, २०७७ - १६:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगन्जमा उपचार गराइरहेका थप चार कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । वीरगन्जमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई जना तथा...   

ज्वाईद्वारा खुर्पा प्रहार गरी ससुराको हत्या

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका...   

बिचौलियाको मारमा केरा किसान

चितवन । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन्...   

आज यी स्थानहरमा हावाहुरिसहित भारी बर्षाको संभावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा...   

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित...   

चितवन मेडिकल कलेजमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार...   
काठमाडौं उपत्यकामा सर्वाधिक कोरोना संक्रमित फेला : अरु कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं उपत्यकामा सर्वाधिक कोरोना संक्रमित फेला : अरु कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये...   

थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । आइतबार थप १० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकने छ । यीसहित हालसम्म मृतक ४ सय ११ जनामा...   

आइतबार देशभर १३२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

नेकपा सचिवालय बैठक सकियो, मन्त्री हेरफेरबारे छलफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top