


डढेलोका कारण अमेरिकामा आइतबारसम्म २७ को मृत्यु, ट्रम्प सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने


-
-
भदौ २८ गते, २०७७ - १५:४३

पोर्टल्याण्ड । अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनेछन् ।
डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।
ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ ।
क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाब देखिएको छ । अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात् न्यू जर्सी राज्यको क्षेत्रफल बराबर क्षेत्र विनास गरेको अधिकारीहरूले बताएका छन् ।
डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो ।
अरेगोनका गभर्नर केट ब्राउनले बताए, “उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेका बताएका छन् । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।”
राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।
ब्राउनले भने, “डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ । साथै करिब पाँचलाख व्यक्तिहरू डढेलोका कारण असुरक्षित रहेका छन् । उनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।”
मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ ।
दुई चार दिन मौसममा केही चीसोपन आउँदा अग्नि नियन्त्रणका लागि खटिएका अधिकारीले राहत महशुुस गरेको बताउँदै आएका भएपनि सोमबारदेखि मौसम प्रतिकुल हुने खबरले गर्दा डढेलो नियन्त्रणका लागि थप केही समय लाग्ने अनुमान गर्न थालिएको छ ।
राष्ट्रपतीय निर्वाचन अभियान, डढेलो र मौसम परिवर्तनको चर्चा
अमेरिकी राष्ट्रपति तथा आगामी निर्वाचनमा समेत राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले सोमबार क्यालिफोर्नियाको प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी आपतकालीन सेवा प्रमुखहरूसँग नियन्त्रण प्रयासबारे जानकारी लिनुहुने राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्ता भएका चुनावी अभियानमा डढेलोबारे खासै चर्चा नगरेपनि शनिबार पश्चिमी राज्य नेभाडाको अभियानमा डढेलोको क्षेत्रबारे चर्चा गरेका थिए ।
“उनीहरूसँग यस्तो कुनै कुरा थिएन,” ट्रम्पले शनिबार भने । “एकदम सरल कुरा जङ्गलको व्यवस्थापन हो । कृपया यस शब्दलाई याद गर्नुहोस् ।”
राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले डढेलोलाई जलवायु परिवर्तनसँग जोडेर सरकारले जलवायुको मुद्दासँग जोडेका छन् । बाइडेनले डढेलो र विनासबारे भने, “विज्ञान स्पष्ट छ र यी जस्ता घातक सङ्केतहरूलाई भूलबस पनि व्यवस्थापनमा त्रुटी गर्नु हुन्न । जलवायु परिवर्तनले महत्वपूर्ण र अस्थित्वगत जीवनशैलीलाई खतरा सिर्जना गरेको छ ।”
वाइडेनले भने, “ट्रम्पले जलवायु परिवर्तन चर्चा वेकारको अफवाह भन्दै आएका राष्ट्रपति ट्रम्पले यस वास्तविकतालाई अस्वीकार गर्ने प्रयास गरेको छ तर तथ्यहरूले जलवायु परिवर्तनको एनेन्डालाई स्वीकार गर्दै अघि बढ्न अनिवार्य शर्त भएको देखाएका छन् ।”
वायुको अन्तर्राष्ट्रिय गुणस्तरको लेखाजोखा राख्ने स्वीडेनी एक प्रविधि कम्पनी, आइक्युएयरले शनिबार र अति वायु प्रदूषण भएका विश्वका पाँच शहरहरू पश्चिमी तटीय क्षेत्रमा रहेका अमेरिकी लस एन्जेल्सदेखि क्यानाडाको भ्यानकुवर क्षेत्रमा सिमित रहेको बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...

प्रतिकृया लेख्नुहोस्:
- सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई
- केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
- इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
- जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान