


सिन्धुपाल्चोक पहिरो : मृतक नौ जनाको पहिचान खुल्यो


-
-
भदौ २८ गते, २०७७ - १४:२८

सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिरामा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । पहिरामा २२ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । तामाङले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु
जाकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन...जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८...
