Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कालीकोटमा कोरोना विशेष अस्पताल सञ्चालनमा

कालीकोट । यहाँ कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अस्पतालको शुभारम्भ गर्दै अन्य प्रदेशमा भन्दा कम कर्णालीमा कोरोना सङ्क्रमित रहेको बताए ।

उनले भने, “कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नुपर्ने छैन । उपचारका लागि जुम्ला र सुर्खेत जानुपर्ने बाध्यता अब हट्नेछ ।” उनका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा यति ठूलो भवनमा कतै पनि कोभिड विशेष अस्पताल बनेको छैन । ‘जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौँ, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौँ’ भन्ने मूल नारालाई सार्थक बनाउँदै कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइएको होे । प्रदेश सरकारको एक करोड ७० लाख बजेटमा विशेष अस्पताल तयार भएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुर्मराज शाहीले अबका दिनमा जिल्लावासीले कोरोनाकै कारण अकालमा ज्यान गुमाउने छैनन् भने । नौ स्थानीय तहमा बनाइएका साबिकका क्वारेन्टिन नै अहिले आइसोलसन बनाएका छन् । ती तहले आफ्नो पालिकामा देखिएका सङ्क्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमी नहुने बताइएको छ ।

विशेष अस्प्तालमा हाल ५४ श्ययाको तयारी पूरा भएको छ । एकीकृत भवनमा सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टिलेटर एक गरी जम्मा ५४ श्यया तयार गरिएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका कटकबहादुर महतका अनुसार जिल्लामा अहिले सय जना क्वारेन्टिनमा छन् । कोरोना सङ्क्रमित तिलागुफा नगरपालिकामा मात्र २० जना आइसोलेसनमा रहेको उनले जानकारी गराए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies