Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

काभे्रपलाञ्चोकका कूल सङ्क्रमितमध्ये ५२ प्रतिशतले कोरोनालाई जितेर घर फर्किए

काभे्रपलाञ्चोक । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ । “जिल्लाका कूल सङ्क्रमितमध्ये ५२ प्रतिशत निको भएर घर फर्किएका छन्, हामी कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उपचारमा दत्तचित्त छौँ”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

झाका अनुसार जिल्लामा कोरोना जित्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८२ छ । सङ्क्रमितमध्ये १४२ अस्पताल आइसोलेसन र ४० होम आइसोलेसनमा रहेको पोष्टले जनाएको छ । होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पुर्याइरहेको झाले बताए ।

त्यसो त काभ्रेपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । एक नगर तथा छ गाउँपालिका कोरोनामुक्त अवस्थामा रहेका हुन् । जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।

जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ०९ प्रतिशत सङ्क्रमित बनेपा नगरमा छन् । बनेपाका सङ्क्रमितमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या दोब्बर छ । सबैभन्दा कम नमोबुद्ध नगर र भुम्लु गाउँपालिकमा दुई÷दुई रहेका छन् । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये बनेपामा ९३, धुलिखेल नगरमा ५०, पनौतीमा चार र पाँचखालमा १० छन् ।

नयाँ सङ्क्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताए । उनले भने, “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसीआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उनका अनुसार कन्ट्याक्ट ट्रेसिङमा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण देखिएको छ । जिल्लास्थित १३ स्थानीय तहमा हाल ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies