


वर्षासँगै आएको बाढीको कारण ५ झोलुङ्गे पुलमा क्षति


-
-
भदौ २८ गते, २०७७ - १०:३४

बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै रु एक करोडभन्दा बढी खर्च लाग्नेछ ।
यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।
“अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ”, अध्यक्ष घर्तीले बताए । “बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् तथा सडकमा क्षति पुगेको छ ।” घर्तीले सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्न थालिए पनि ठूलो खर्च लाग्ने बताए ।
गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भाग बाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...सुडान झडपमा ८० भन्दा बढीको मृत्यु
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...कृषि तथा वन विज्ञान विश्वविद्यालय: राजनीतिक भागबण्डाले अस्तव्यस्त
चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय...हुम्लाका लागि सहुलियत दरमा हवाई उडान शुरु
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले...दमकमा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको निधन
झापा । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार...राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व
लहान । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन...नागरिकस्तरको सङ्कलित सहयोगबाट टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण
भजनी । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ ।...सिमकोटमा बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण
सिमकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न...हनुमाननगरमा आगलागीबाट चार घर जलेर नष्ट, करिव २० लाख भन्दा बढीको क्षति
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट...
