


मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप


-
-
भदौ २८ गते, २०७७ - ०९:०७

जोमसोम । मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो। यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ। आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन्।
जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ।
थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए। आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ।
मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्यांक साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो। अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन।
मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्रसिद्ध छ। तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ। ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारत र काँग्रेस भ्रममा
काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको...घाँसमा सल्केको आगो फैलिँदा जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट...पशुपति दर्शन गरेर प्रधानमन्त्रीको पग्लियो मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए
काठमाडौं । मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शन...विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रधानमन्त्री असन्तुष्ट
काठमाडौं । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको...‘देउवाले विघटन गर्दा ०४७ को संविधान गयो, अहिलेको विघटनले यो संविधान नजाओस्’
काठमाडौं । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै पुनर्स्थापनाका पक्षमा बहस गरिरहेका कानुन...विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित
काठमाडौं । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका...सरकार आर्थिक संकटसँग जुध्न मुद्रा कोष सहायता लिने
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय...पूर्व राष्ट्रपति यादव भन्छन्, ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार...सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...

प्रतिकृया लेख्नुहोस्:
- रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
- इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
- कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
- ३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
- ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ