Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रण हुन्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन् । 

अमेरिकामा रहेको अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा. यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताए । उनले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गरे ।

नेपालको संविधानमा लेखिएका विषयमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूको भएको बताउँदै उनले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहेका नेपालीले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिए ।

पूर्व राष्ट्रपति डा. यादवले पटकपटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन चुकिएको भन्दै जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिए ।  

सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा राज्यको भूमिका, दलहरुको अवस्था, उम्मेदवारहरुका व्यवहार र मतदाताको चेतनास्तरले प्रभाव पार्ने बताए । हरेक निर्वाचन प्रणालीभित्र राम्रा र नराम्रा विषयहरू रहने भन्दै उनले प्रणालीका कारणभन्दा पनि पात्रका कारण निर्वाचन पदतिमै असर पर्ने गरेको देखिएको उल्लेख गरे ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदाताको अपेक्षासमेत व्यक्तिगत सहयोगका लागि केन्द्रीत हुने गरेकाले जनप्रतिनिधिको भूमिका र मतदाताको बीचमा हुनुपर्ने सम्बन्ध पनि अन्य विषयमा फस्ने गरेको उल्लेख गरे । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले परिवर्तनलाई संस्थागत गर्ने संवाहकको रूपमा रहेको निर्वाचन पैसा, बल र शक्तिका कारण प्रभावित हुने अवस्था आउनु दुःखको विषय भएको बताए ।

आयोजक केन्द्रका अध्यक्ष डा. राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राजनिति शास्त्री प्रा. डा. कृष्ण खनाल, कांग्रेसका नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला, एनपी साउद, डा. चन्द्र भण्डारी, कमला पन्त, सुरेन्द्रराज पाण्डे, रत्ना शेरचन, सरिता प्रसाईँ, प्रदीप पौडेल, प्रमिला राई, अर्थशास्त्री डा. सुरेन्द्रराज देवकोटा, डा. आमोद पोखरेल, पत्रकार युवराज घिमिरे, भगीरथ योगी, तरुण पौडेल, डा. सुमन पराजुलीलगायतले नेपालमा निर्वाचनको क्रममा बढ्दै गएको बेथितिलाई जति सक्दो चाँडो अन्त्य गर्नका लागि सामूहिक प्रयासको खाँचो औँल्याएका थिए । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies