Khabar Dabali Logo
  January 26, Tue

१ असोजदेखि सबै सार्वजनिक यातायात चलाउने व्यवसायी र मजदुरको तयारी

काठमाडौं । कोभिड–१९ को संक्रमण बढेपछि करिब ६ महिनादेखि बन्द सार्वजनिक यातायात असोजदेखि खुल्ने आमअपेक्षा छ । तर, सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – यातायात खुलाउने विषयमा सरकारले कुनै निर्णय नगरे पनि यातायात व्यवसायी र श्रमिकहरूले भने १ असोजदेखि लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउने भएका छन् । शुक्रबार यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर व्यवसायी र मजदुर अगुवाहरूले लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सम्पूर्ण यातायात साधन सञ्चालनको निर्णय गर्न माग गर्दै यस्तो जानकारी दिएका छन् ।

भेटमा मन्त्री नेम्वाङले सवारीसाधन सञ्चालनको विषयमा सकारात्मक भए पनि निर्णय आफूले गर्न नसक्ने बताएका थिए । सरकारको माथिल्लो संयन्त्र सिसिएमसी र प्रधानमन्त्रीसमक्ष यातायात खुलाउनेबारे प्रस्ताव लैजाने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सवारीसाधन खुलाउने वा नखुलाउने विषयमा अहिले छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘विभागले जहाँजहाँ कोरोनाको प्रभाव कम छ, त्यस्ता ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरी सञ्चालन गर्नुपर्छ भन्ने हो,’ महानिर्देशक हमालले भने, ‘खुलाउने वा नखुलाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गर्नेछ ।’

तर, सरकारले निर्णय नगरे श्रमिक र व्यवसायीले स्वस्फूर्त रूपमा सवारीसाधन सञ्चालन गर्ने सरकारलाई बुझाएको निवेदनमा उल्लेख छ । त्यस्तै, विदेशबाट फर्किएका हवाई यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन होल्डिङ सेन्टरमार्फत यातायात व्यवस्थापन गर्दा लाखौं अनियमितता भएको भन्दै छानबिन गर्न पनि व्यवसायीहरूले अनुरोध गरेका छन् ।

६ महिनादेखि बेरोजगार यातायात व्यवसायीलाई सरकारले राहत पनि दिन नसक्ने बताइसकेको र निषेधाज्ञाको विकल्प नदिएपछि सवारीसाधन सञ्चालन मात्र विकल्प रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । उनले भने, ‘लामोदेखि स्थानीयसम्मको रुटका सवारी सञ्चालन गरिने र सबै प्रकारका सवारीसाधन चलाउनेछौँ ।’

सरकारले गत २६ असारमा काठमाडौं उपत्यकाभर र जिल्लाभित्र मात्र सवारी चलाउन पाउने निर्णय गरेको थियो । व्यवसायीले भने ८ साउनदेखि सरकारको निर्णय पालन गरी सवारी चलाएका थिए ।

तर, संक्रमण बढेपछि जिल्लाभर मात्र सञ्चालनमा रहेका साधन पनि २७ साउनको मन्त्रिपरिषद्को निर्णयमार्फत रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयले भदौ मसान्तसम्म सार्वजनिक सवारीसाधन चलाउन नदिने निर्णय गरेको थियो । जुन अब ४ दिन मात्र बाँकी छ ।

लामो समयदेखि बन्द हुँदा लामो दूरीका सवारीसाधन काम नलाग्ने गरी विभिन्न पार्टपुर्जा बिग्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ । ‘दैनिक सञ्चालन हुने मेसिन ६ महिनादेखि काम नगरी राखेपछि के हालत भयो होला,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिले अति नै संवेदनशील पार्टपुर्जा कुहिन थालेको छ ।’

उपत्यकामा १६ सिटमुनिका सवारी सञ्चालन खुला गर्न माग

यातायात व्यवसायी तथा श्रमिकका अगुवाले काठमाडौं उपत्यकामा १६ सिटमुनिका सवारीसाधन सञ्चालन खुला गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, ललितपुरले २४ भदौमा गरेको निर्णयअनुसार २५ भदौदेखि कार्यान्वयन हुने गरी १६ सिटमुनिका साना र मझौला सवारीसाधन (माइक्रोबस, टेम्पो) सञ्चालनमा रोक लगाएको छ । यो निर्णय अव्यावहारिक र विभेदकारी रहेकाले १६ सिटमुनिका सवारीसाधनलाई पनि सञ्चालनका लागि अनुमति दिन उनीहरूको माग छ ।

भदौ २८ गते, २०७७ - ०७:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक...   

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...   

आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया

काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...   

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...   

काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...   

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...   

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...   

दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...   

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...   

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top