Khabar Dabali Logo
  January 22, Fri

नारायणहिटी पुग्यो पूर्वराजा वीरेन्द्र चढ्ने एभ्रो जहाज

काठमाडौं। राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज शनिबार राति भने काठमाडौंका सडकमा गुड्यो । जहाज नेपाली सेनाले नारायणहिटी संग्रहालयमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर लगेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शनिबार राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तिनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्‍याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो ।

यो जहाजले सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उडान भरेको थियो । यसलाई सन् १९७५ जनवरी २३ मा तत्कालीन शाही नेपाल वायु सेवा निगमले खरिद गरेको थियो ।

त्यसपछि सन् १९८० अप्रिल १३ मा तत्कालीन शाही नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । यसमा राजा वीरेन्द्र तथा राजपरिवारका सदस्य सवार हुने गरेका थिए ।

राजपरिवारले प्रयोग गर्ने सरसामान नारायणहिटी संग्रहालयमा राख्ने क्रममा जहाजलाई पनि लगिएको हो । लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड रहेको जहाज गुडाएर लगिएको हो ।

भदौ २८ गते, २०७७ - ०७:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...   

सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...   

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन...   

लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन

कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन् काठमाडौं । देशमा बेरोजगारीको...   

सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे

काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका...   

कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार...   

नेपालीको भान्छा अचाक्ली महँगियो

काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको...   

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’...   

बहस गर्ने वकिलको नाम नथप्न आदेश

न्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको...   
सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top