Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रहस्य बन्दै थिमि निकोसेरा सिङ्गो परिवार हत्या प्रकरण, खेतमा थप दुईवटा विषको बट्टा भेटियो

भत्तपुर । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको हत्या प्रकरण रहस्यमय बनेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुग्नुभएको थियो ।

घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो । टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको थियो ।

सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आत्महत्या गरेका हुन् कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धारिलो हतियारको प्रहारले हत्या गरिएको छ । हत्यापछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ । हत्यापछि घोप्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको शव भेटिएको छ । ओछ्यानदेखि भित्तामा समेत रगतको छिटाहरु छन् । रगत सुकिसकेको र दुवै शव गलेर गन्हाउनुका साथै घाउमा किरा पर्न थालेको थियो । सुदीपको शव भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चोटपटक पनि छैन ।

प्रहरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृत्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको अनुमान प्रहरीको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख तारादेवी थापाले भने महाशाखाको टोलीले घटनास्थलको अनुगमन र अनुसन्धान गरेकाले आफूलाई यस बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिए।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक थापाले मृतकको शव र कुकुरको परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप कुरा थाहा हुने जानकारी दिए । उनले भने, “मृतक तीन जनाकै पोष्टमार्टमको रिपोर्ट र पशु प्रयोगशालाबाट कुकुरको पनि पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि घटनाका बारेमा थप भन्न सकिन्छ ।”

वरिष्ठ प्रहरी उपरीक्षक थापाले भने, “सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट छ । सुशान्तको शवसँगै ओछ्यानमा रगत लागेको मासु काट्ने फलामको दाप ९चुप्पी० भेटिएको छ । शव गलिसकेको, गन्हाउन थालेको र घाउमा किरा पर्न थालेको छ तर सुदीपको शव गन्हाएको र गलेको छैन । सुदीपको शव नजीकै रहेको थालमा बान्ता गरेको छ । कुकुरको पनि त्यस्तै छ । भान्छामा साग र भात छ । प्रारम्भिक अनुसन्धानमा सुदीप र कुकुरको विष सेवनबाट मृत्यु भएको अनुमान छ । घरको ढोका खुलै भएकाले बाहिरी मान्छेको प्रवेश भएर हत्या भएको हो कि भन्ने आशङ्का रहे पनि घटनास्थल र अवस्था हेर्दा बाहिरको व्यक्ति प्रवेश गरेर हत्या गरेको हो भनेर यकिन गर्ने अवस्था छैन ।”

प्रहरीले सुदीपको बान्ता पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । थापाले भने, “प्रहरीले अनुसन्धान जारी राखेको छ, आज बिहान पनि घटना भएको घरको बाहिर खेतमा खोजतलास गर्ने क्रममा सल्फर लेखिएको विषको दुईवटा बट्टा भेटिएको छ, थप सबुत प्रमाणको खोजी र अनुसन्धान जारी छ । विधि विज्ञान प्रयोगशालामा पठाएर अनुसन्धान भइरहेको छ ।”

घटनास्थलमा प्रहरीसहित फरेन्सिक विज्ञ टोलीसमेत खटिएको र प्रहरीले शवपरीक्षणसँगै भिसेरा परीक्षणसमेत गर्ने भएको छ । विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होइन भन्ने कुरा भिसेरा परीक्षणमार्फत पत्ता लाग्छ ।

मृतकका आफन्तले आज महानगरीय प्रहरी वृत्त थिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको थिमि वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए । चार दिनअघि मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिँदै स्थानीयवासीले निषेधाज्ञाका कारण उनीहरु बाहिर आए÷नआएको याद नभएको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies