


खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरे


-
-
भदौ २७ गते, २०७७ - १०:०५

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्चालनमा आफूहरुको मागलाई बेवास्ता गर्दै खानेपानी निर्माण उपभोक्ता समितिले जबरजस्त लैजान खोजेको भन्दै स्थानीय बासिन्दाले अवरोध गरेका हुन् ।
खानेपानी आयोजनामा पानीको मुहान उपभोग गरिरहेका सोल्मा र नेर्पाका स्थानीय बासिन्दाले आफूहरुका माग पूरा नगरेसम्म कुनै पनि हालतमा पानी लैजान नदिने शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । खानेपानी निर्माण उपभोक्ता समितिले स्थानीय बासिन्दासँग गरेको १२ बुँदे सम्झौता विपरीत छेपेखोला र काहुले मुहानको पानी लाने तयारी गरेकाले अवरोध गरिएको छेपेखोला काहुले मुहान सङ्घर्ष समितिका संयोजक हर्कबहादुर पराजुलीले बताए । सोल्माको रम्बाखोला र माझखोलाबाट पानी दिने सहमति भए पनि मुहानै थुन्नुका साथै छेपेखोला र काहुले मुहानबाट जबरजस्ती पानी लाने तयारी गरेकाले अवरोध गरिएको खानेपानी समन्वय समितिका संयोजक धनीराम राईले बताए । “खानेपानीको मुहानमा बाँध नबाँधी ७५ मिलिलिटरको पाइप राखेर पानी लाने आपसी सहमति भएको थियो”, उनले भने, “अहिले माझखोलामा बाँध बाँधेर पानी लगेकाले स्थानीय बासिन्दालाई पानी अभाव हुने र खेतीयोग्य जमीन प्रभावित हुने देखिएको छ ।”
सम्झौतामा उल्लेख भएअनुसार सोल्मामा पनि उक्त खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने, विभिन्न ठाउँमा रिचार्ज पोखरी निर्माण गर्नुपर्ने, शहरी खानेपानी आयोजना उपभोक्ता समितिमा सोल्माका स्थानीय बासिन्दालाई पनि समेट्नुपर्ने र सोल्मालाई विशेष क्षेत्र बनाइ त्यसैअनुसार योजना सञ्चालन गर्नुपर्नेलगायत सहमति गरिएको छ ।
निर्माणाधीन उक्त आयोजनाअन्तर्गत दिक्तेल बजार, आचार्य गाउँ र बाम्राङका एक हजार ४९ घरधूरीलाई पानी उपलब्ध गराउने योजना थियो । करिब २२ करोड ५६ लाख लागतमा १८ महिनाभित्र गत चैतमा शिलान्यास गरिएको थियो । एसियाली विकास बैङ्क ९एडिबी० को ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुने उक्त आयोजनाको काम अहिलेसम्म करिब ६५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले जानकारी दिएका छन् ।
शहरी खानेपानी आयोजनामा देखिएको समस्या केही दिनभित्रै टुङ्गो लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताए । “दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर शुरु गरिएको खानेपानी आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ”, उनले भने, “गुनासोलाई केही दिनभित्रै सम्बोधन गरेर उक्त खानेपानी आयोजनाको काम सम्पन्न गरिनेछ ।” दिक्तेल बजारमा पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा जडान गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल
वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...मुख्यमन्त्री राउतद्वारा सङ्क्रान्ति तथा माघी पर्वको शुभकामना
जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख,...मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी...रेलमार्ग विस्तारमा अवरोध
विरगञ्ज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय...ढोरपाटनका वडाध्यक्ष पुन पक्राउ
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान...प्रदेश नं. १ मा २५ जना कोरोना सङ्क्रमित थपिए
बझाङ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा...६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ
रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ...
