Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेकपामा लिलामणिको एमसिसिबारे फरक मत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य लीलामणि पोखरेलले कुनै पनि हालतमा एमसीसी अमान्य हुने बताएका छन्। उनले एमसीसी अमान्य हुने भन्दै नोट अफ डिसेन्ट लेखेका छन्।

‘एमसीसी आफैंमा विभिन्न उद्देश्यले आएको र मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसकेकोले मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी नेपालको हित अनुकूल संशोधन हुन्छ’ पोखरेलले बैठकमा प्रश्न उठाएका थिए। पूर्वप्रधानमन्त्री तथा सो पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता भिम रावल र मन्त्री समेत रहेका प्रदीप ज्ञवालीको अध्ययन कार्यदल हुदै पछिल्लो बिष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले परिमार्जन सहितको शंसोधनमा जोड दिएको तथा ‘राष्ट्रिय हितमा परीभाषित गर्नुपर्ने’ बिषयमा पनि पोखरेलले सैद्धान्तिक अडान राख्दै आएका थिए।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि ‘नोट अफ् डिसेन्ट’ राखेका पोखरेलले एमसीसीलाइ (आईपीएस) इन्डो प्यासिफिक स्ट्राट्रेजीको अंग भएको बताउँदै आएका छन्। उनले भनेका छन् -‘अमेरिकाको ग्लोबल पोलिटिक्स र सुरक्षा सञ्चालन गर्नेसँग सम्बन्धित नीति र गठबन्धन भएकाले नेपालको हकमा मात्रै संशोधन नहुने र नेपालका लागि मात्र अमेरिकाले आफ्नो ग्लोबल पोलिसी परिवर्तन गर्ने स्थिति रहेको छैन।’

नेपालको संविधान कानुन, सरकार, संसद र अदालतको मान्यता विपरीतको कुराहरु सम्झौतामा रहेको बिषय लिएर नेता पोखरेलले लकडाउन अगाडि जिल्ला दौडाहा समेत गरेका थिए। यसअघि एमसीसलिाइ लिएर आन्दोलन नै उठाउनुपर्छ भन्ने भीम रावलले भने यसबारेमा आज अहिलेसम्म कुनै थप प्रतिक्रिया दिएका छैनन्। पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाइ महत्व दिइएको स्थायी समिति बैठकमा प्रचण्ड निकट मानिदै आएका प्रभावशाली नेता पोखरेलले नोट अफ डिसेन्ट लेखेका हुन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies