


बारीमा बाँधिएका गोरु काट्ने दुई जना पक्राउ


-
-
भदौ २६ गते, २०७७ - २२:३५

दुल्लू । दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन् । दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुइ वटै खुट्टा काटिएको छ । पुच्छर छैन । अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी काटिएको छ । दुई वटै गोरुका गर्धनमा पटक–पटक हतियार प्रयोग गरिएको छ ।
भैरवी–२ रावतकोटस्थित सोबिन थापाले बारी मल्न घरदेखि टाढा गोरु बाँधेका थिए । उनको घरदेखि बारीमा पुग्न करिव पाँच मिनेट समय लाग्छ । पीडित थापाका अनुसार बिहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा गोरु भेटिए । “गोरुको गएराती नै खुट्टा र मुख काटिएको हुनुपर्छ, बिहान मात्रै यसबारे थाहा पाए”, थापाले भने । बिहान गाउँपालिका र प्रहरीलाई खबर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको छ । रातिको समयमा गोरु कराएको गाउँलेले सुनेका उनले जानकारी दिए ।
सोही वडाका वडाअध्यक्ष हरिबहादुर थापाका अनुसार बाघले आक्रमण गरेको हुनसक्ने भन्दै उनीहरु त्रासले बाहिर आउन सकेनन् । गोरु काटेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरवी–२ का शंकास्पदरुपमा स्थानीयवासी दुई जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिए ।
“शंकास्पद भनिएका दुई जनालाई नियन्त्रणमा लिई छानबिन गर्दैछौँ”, उनले भने, “यसबारेमा अहिले नै केही भन्न सकिदैन्, बाँकी अनुसन्धानका क्रममा खुल्छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।”दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको बताए । सामान्य विवादका कारण शंकास्पद पक्राउ परेका राजु विष्टले नै गोरु काटेको थापाको आरोप छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
