Khabar Dabali Logo
  January 16, Sat

यी दुई उद्योग परे कारबाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई आज कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए ।

विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०।३५ प्रतिशत हुनुपर्नेमा ०।३० प्रतिशत र सल्फरको मान ०।६० प्रतिशत हुनुपर्नेमा ०।५५ प्रतिशत पाइएको छ । जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ ।

यस्तै मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले जगदम्बा स्टील्सको बिक्रीवितरणमा रोक लगाउनाका साथै मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ ।

भदौ २६ गते, २०७७ - २२:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलमा पुन : लकडाउन हुने

इजरायलमा पुन : लकडाउन हुने

जेरुसेलम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने...   

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौ । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर...   
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना...   

सेती भिरबाट लरी खस्दा तीन जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित...   

अत्यावश्यकबाहेकका सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको...   

झापामा दुई कोरोना सङ्क्रमितको मृत्यु

बनियानी । झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको...   

विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

काठमाडौ । एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका...   
राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सात जनाको मृत्यु

कम्पाला । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी...   

मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क...   

आज गण्डकीमा एक सय ४० सङ्क्रमित, चार जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top