


चीन र भारतका सैनिक अधिकारीहरुबीच चुशुलमा वार्ता


-
-
भदौ २६ गते, २०७७ - १९:३९

लद्दाख । भारत र चीनबीच सीमावर्ती लद्दाखको चुशुलमा शुक्रबार ब्रिगेड स्तरका सैनिक अधिकारीहरुबीच वार्ता भएको छ । चीन र भारतका विदेशमन्त्रीबीच रुसको मस्कोमा द्वीपक्षीय वार्ता भएसँगै दुबै देशका सैन्य अधिकारीबीच वार्ता भएको हो ।
भारतीय सैनिक स्रोतले दुबै देशका सैन्य अधिकारीबीच बिहान ११ बजे शुरु भएको वार्ता अपराह्न ३ बजे समाप्त भएको जनाएको छ ।
चीन र भारत सीमा क्षेत्रमा केही समयदेखि उत्पन्न विवादका विषयमा बिहीबार चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस जयशंकरबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । दुबै विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन यतिबेला मस्कोमा हुनुहुन्छ । दुबै मन्त्रीबीचको भेटवार्ता करिब अढाई घण्टा चलेको थियो ।
भारतीय संचार माध्यमहरुका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले पूर्वी लद्दाखको सीमाक्षेत्रमा उत्पन्न गतिरोधले दुबै मुलुकबीचको सम्बन्धमा व्यापक असर परेको बताएका थिए । विद्यमान परिस्थितिको जतिसक्दो चाँडो समाधान गर्न सकिए त्यो दुबै देशको हितमा हुने विचार पनि मन्त्री जयशंकरले चिनियाँ समकक्षीसमक्ष राखेका थिए ।
वार्तामा भारतीय पक्षले सीमा क्षेत्रको व्यवस्थापनका सन्दर्भमा यसअघि दुबै देशबीच भएका समझदारी र सम्झौता पालना गर्न भारत तत्पर रहेको बताएको थियो । स्रोतका अनुसार भारतीय विदेशमन्त्रीले सीमामा उत्पन्न विवाद समाधानका लागि चीन समक्ष पाँच बुँदे प्रस्ताव राख्नु भएको थियो ।
भारत र चीनबीच गत अप्रिल–मे महिनादेखि गल्वान उपत्यका, फिन्गर विन्दु, हट स्प्रिङ र कोङरुङ नाला क्षेत्रलाई लिएर विवाद जारी छ । गल्वान क्षेत्रमा गत जुन महिनामा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विवाद उत्कर्षमा छ ।
गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वाई फेङबीच पनि रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । एएनआई

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्न लागेपछि संसद् विघटन : गृहमन्त्री थापा
सोलु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज...ओलीलाई स्पष्टीकरण पत्र बोकेर प्रचण्ड नेपाल पक्ष बालुवाटारमा
काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन...प्रधानमन्त्रीलाई संसदमा अवरोध नहुँदा पनि विघटन गरिएकाेमा आपत्ति, बहस मङ्गलबार पनि हुने
काठमाडाै । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संसद विघटन गर्न नमिल्ने सुवास नेम्वाङको टिप्पणी पुग्यो सर्वाेच्चको इजलासमा
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने...राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको...यतिबेला ओलीलाई मुख देखाउनै कठिन भएको छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा...रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो...अतिक्रमणको प्रतिकारमा नेपाली, हिलेमा स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो
मङ्गलबारे । भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा...बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट...लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?
काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...
