


जग्गा व्यवसायीबाट मालपोत कार्यालयमा धर्ना


-
-
भदौ २६ गते, २०७७ - १५:१८

विराटनगर । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले यही भदौ १८ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराई सो कारोबार शुरु गर्न निर्देशन दिइसकेको छ ।
नेपाल सरकारबाट जग्गा खण्डीकरण सम्बन्धमा कार्यालयलाई पत्र पठाए पनि मालपोत कार्यालयले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेकामा आपत्ति जनाउँदै व्यवसायीले तत्काल जग्गा कित्ताकाटको प्रक्रिया आरम्भ गर्न माग गरेका छन् । तीन वर्षदेखि रोक्का रहेको सो कार्य नहुँदा व्यवसायी निकै मर्कामा परिरहेको र बैंक पनि समस्यामा परेको घरजग्गा व्यवसायी सङ्घका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नागरिकस्तरको सङ्कलित सहयोगबाट टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण
भजनी । नागरिकस्तरबाट सङ्कलित सहयोगबाट कैलालीको टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गरिएको छ ।...सिमकोटमा बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण
सिमकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न...हनुमाननगरमा आगलागीबाट चार घर जलेर नष्ट, करिव २० लाख भन्दा बढीको क्षति
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट...दूषित पानी भेटेपछि नेपा मिनेरल वाटर प्रालि विरुद्ध अदालतमा मुद्दा दायर
गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण...बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
सिमकोट । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको...पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय
दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय...अवैधरूपमा काठ ओसारपसारमा संलग्न ७ जना पक्राउ
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल...आगोले नै निभायो आगो
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...
