Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी

भरतपुर । भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थालेको एक वर्ष भयो । उनी दन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।

“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उनले भने,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनँे”, उनलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । एक्काइस दिनको अस्पतालको बसाइँपछि उनी कोरोनामुक्त भए । अस्पतालबाट घर फर्किदा उनलाई लिन बुबाआमा अस्पताल परिसर पुगेका थिए । “दैनिकजसो मेडिटेसन गर्थे, बेसारसहितको तातो पानी पिउथेँ”, उनले भने, “खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”

एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू सङ्क्रमित हुन पुगेको भन्दै उहाँले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताए । जिल्लाका कोरोना सङ्क्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी छन् । स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुव्र्यवहारको प्रयाससमेत भएको थियो । घटनाको चौतर्फी आलोचना भयो ।

डा पौडेलको बसाइँ होस्टलमा भएकाले उनले नमिठो अनुभव बटुल्न परेन । आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उनलाई एकदमै नराम्रो लाग्यो । कोरोना सङ्क्रमण भएकै बेला उनले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गरे ।

कोरोना पोजेटिभ भई आइसोलेशनमा बस्नुभएकी पोखरा निवासी डा श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै हुनुहुन्छ । “बिरामीको उपचारमा खटिएकी थिएँ” उनले भने, “मलाई शुरुमा सुख्खा खोकी देखा पर्यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरे। रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”

कोरोना लाग्यो भनेर डराउन नहुने उहाँको भनाइ थियो । यसबाट छुट्कारा पाउन र अरुलाई पनि सङ्क्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतमले बताए । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उनको तर्क छ । साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा गौतमले बताए ।

कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले सङ्क्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उनले आग्रह गरे । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो । उनी २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त भएका थिए ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको सङ्क्रमण दर उच्च थियो । क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहनसक्नु भएन । उनी अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्थे । “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”,उनले भने, “छोरालाई सर्यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना सङ्क्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies