Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चिकित्सकलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन चिकित्सकलाई पाँच दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नु अनुरोध गरेका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारी छात्रवृत्तिमा चिकित्सा विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजनाअनुसार मन्त्रालयले स्वास्थ्य संस्थालाई माग गर्ने भनेको हो ।

मन्त्रालयले त्यस्ता स्वास्थ्य संस्थालाई आगामी सोमबारसम्म आवश्यक विशेषज्ञ जनशक्तिका लागि निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अनुसार सरकारी कोटामा स्नातकोत्तर अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने उल्लेख छ ।

दुई हजार स्वयमसेवा गर्न इच्छुक

कोभिड–१९ को रोकथाम र उपचारका लागि करिब दुई हजार स्वास्थ्यकर्मीले स्वयमसेवक गर्न इच्छा देखाएका छन् । मन्त्रालयले केही दिन अघि स्वयसेवकका लागि आवेदन माग गरेकोमा एक हजार ९३५ जना स्वास्थ्यकर्मीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सघाउने इच्छा देखाउँदै आवेदन फाराम भरेको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आवेदन फारम भरेका स्वयमसेवकलाई उनीहरुले रोजेको ठाउँमा गई अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसन तथा क्यारेन्टिनमा रहेका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छन् । मन्त्रालयले ईच्छुक चिकित्सक, नर्स, प्यारमेडिक्सलगायत स्वास्थ्यकर्मी र सेवानिवृत स्वास्थ्यकर्मीलाई स्वयमसेवकको रुपमा काम गरी कोभिड–१९ को नियन्त्रण गर्न आवह्वान गरेको थियो । स्वयमसेवकलाई आफूले स्वयमसेवा गर्न चाहेको जिल्ला, स्थानीय तह र स्थानको आवश्यकता र माग बमोजिम खटाइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies