


ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी


-
-
भदौ २६ गते, २०७७ - १३:५३

ब्रासिलिया । ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।
यो सँगै ब्राजिलमा कोभिड १९ का सक्रमितहरुको संख्या करिब ४२ लाखभन्दा बढी पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४२ लाख ३८ हजार ४६४ जना पुगेको बताइएको हो ।
उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ९८३ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख २९ हजार ५२२ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट ९८३ जनाको ज्यान गएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
कोरोना भााइरसबाट सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल अमेरिका र भारतपछिको तेस्रो स्थानमा पर्ने देश हो । अमेरिकामा करिब ६४ लाख मानिस संक्रमित भएका पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी भारतमा भने यो संख्या ४६ लाखभन्दा केही बढी छ । यसै हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो । यसअघि ब्राजिल नै अमेरिका पछि थियो ।
यसैबीच प्राप्त पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ७९ लाख मानिस संक्रमित भएका छन् भने ९ लाखभन्दा बढीको ज्यान गएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२,...सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु
काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण
ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...

प्रतिकृया लेख्नुहोस्:
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- ११ हजार ७८० खोप कर्णाली प्रदेश आइपुग्यो, भोलीबाट लगाउन शुरु
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
- भारको अनुलदानमा उपलब्ध कोरोना खोप ‘कोभिशिल्ड’ कर्णालीमा पुग्यो
- सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना