Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

व्यावसायिक खेतीमा युवा

झापा । झापालाई विविध कृषि उत्पादनको उर्वराभूमि मानिन्छ । ‘अन्न भण्डार’का रुपमासमेत चिनिएको झापाको एक लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफलमध्ये ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको सरकारी तथ्याङ्क छ ।

तर, व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या भने न्यून छ । अझैपनि झापाका अधिकांश किसान परम्परागत खेतीमै निर्भर हुँदा सोचे अनुसारको प्रतिफल किसानले लिन नसकेको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । व्यावसायिक र आधुनिक खेती गर्ने किसानले सोचेभन्दा राम्रो प्रतिफल लिइरहेको बाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख देवनारायण यादवले बताए ।

गाउँपालिका– ७ डाडाँगाउँको मदन कृषि फार्म गाउँपालिकाकै नमूना भएको यादवले बताए । करिब १७ वर्षसम्म विदेश बसेर फर्किएका मदन लिम्बूले अहिले सो ठाउँमा ३४ बिघा क्षेत्रफलमा खेती गरेका छन् । “विरिङ खोलाको बगरका रुपमा परिणत भएको काँसघारीमा उनले अहिले दुई हजार ४०० बोट कागती, चार हजार बोट सुपारी, त्यत्तिनै सङ्ख्यामा आँप लगाउनुभएको छ”, यादवले बताए । लिम्बुले शुरु गरेको कृषि परियोजनामा ६० प्रजाति भन्दा बढीका बिरुवा लगाइएका कारण गाउँपालिकाकै नमूना कृषि फार्म बनेको छ । झण्डै रु दुई करोडको लागतमा सञ्चालनमा ल्याइएको सो फार्ममा अहिले मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गरिँदै आएको छ ।

दुई वर्षदेखि सञ्चालनमा आएको मदन कृषि फार्ममा लगाइएका कागतीले उत्पादन दिन शुरु गरेको छ । उता दमक नगरपालिका–२ का नेत्रप्रसाद जवेगुले च्याउ खेतीबाट मनग्य आम्दानी रहेका छन् । सात वर्षदेखि नियमित च्याउखेती गर्दै आएका उनले मासिक रु पाँच लाखको हाराहारीमा आम्दानी लिने गरेको बताए ।

जिल्लाकै उत्कृष्ट किसानका रुपमा जवेगुले आर्थिक वर्ष २०७६/७७ मा जिल्ला कृषि ज्ञान केन्द्र झापाबाट रु ३३ लाख ७९ हजार अनुदानसमेत हात पारे । च्याउ पकेट कार्यक्रमका लागि सो रकम अनुदानमा पाएका उनले अहिले दैनिक एकदेखि डेढ क्वीटल च्याउ बिक्री गर्दै आएका छन् ।

करिब १५ कठ्ठा जमिन भाडामा लिएर च्याउखेती गर्दै आएका उनले च्याउ उद्योगमा नियमित पाँच र ज्यालादारीमा पाँच जनाले रोजगारी पाएका छन् । कमल गाउँपालिका–२ मा रहेको श्री आइपीएम आलु ब्लक सञ्चालन समितिले समेत जिल्लामै उत्कृष्ट खेती गरेको भन्दै जिल्ला कृषि ज्ञान केन्द्र झापाबाट रु ३० लाख ५२ हजार अनुदान रकम लिएको छ । सो समितिले पनि आलुखेतीका लागि रकम लिएको हो । कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र कारितास नेपालसँग गरेर सो आइपीएम आलु ब्लक सञ्चालन समितिले झण्डै रु ४० लाख अनुदान लिएको छ ।

पचास प्रतिशत किसानको सहभागिता रहने गरी सो समितिले अनुदान रकम लिएको समितिका कोषाध्यक्ष टङ्क कटुवालले बताए । त्यहाँका किसानले ६४ बिघामा आलुखेती गरेका थिए । सामूहिक प्रयासमा गरिएको आलुखेती जिल्लाकै नमूना भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताए ।

कृषि ज्ञान केन्द्रमार्फत नै अनुदानको रकम पाउने अर्को संस्था हो बाह्रदशी गाउँपालिका–७ मा रहेको दुर्गामाता केराखेती तथा कृषि फार्म । सो संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रमका लागि रु ३५ लाख अनुदान लिएको छ । संस्थाले रु ३५ लाख फार्मको लगानी रहने गरी सो रकम अनुदानमा लिएको हो ।

बाह्रदशी गाउँपालिका–५ को हरित क्रान्ति मकै ब्लक विकास कार्यक्रम सहकारी संस्थाले मकैखेतीका लागि रु २४ लाख ६८ हजार अनुदान लिएको छ । सय हेक्टर क्षेत्रफलमा मकै उत्पादन गर्ने भन्दै सो सहकारीले सरकारबाट रकम अनुदानमा लिएको हो । शिवसताक्षी–१ मा रहेको च्याउखेती किसान समूहले पनि २३ लाख ५५ हजार रुपैयाँ च्याउ खेतीका लागि राज्यबाट अनुदान लिएको छ । समूहले दश हजार केजी च्याउ उत्पादन गरेको छ ।

कृषिमा राम्रो काम गरेर सरकारबाट अनुदान लिने झापामा ५८ वटा फार्म, किसान समूह, कृषि सहकारी छन् । जिल्लामा सञ्चालित त्यस्ता फार्मले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा रु चार करोड बढी अनुदान रकम लिएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies