


तनहुँमा हजार घरमा बत्ती बाल्ने तयारी


-
-
भदौ २६ गते, २०७७ - १२:३०

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ ।
गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, काठेकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड््यौलीटारको करिब एक हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । विद्युतीकरण अन्तर्गत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ । “दशैं अगाडि नै बत्ती बाल्न सकिन्छ कि भनेर काम तीव्र पारेका छौ”, उनले भने । गाउँपालिकाको रु ६१ लाखको बजेटबाट सो काम भइरहेको छ ।
गाउँपालिका–४ नयाँटार, गड््यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा, गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । अत्रौली, कटहरे, भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।
गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताए । जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि करिब एक हजार ४०० भन्दा बढी घरमा बत्ती बालिसकिएको उनले जानकारी दिए । विद्युतीकरणका लागि गत वर्ष रु एक करोड विनियोजन गरिएको थियो भने यो वर्ष कोभिड–१९ का कारण रु १५ लाख विनियोजन गरिएको छ । “तर विद्युतीकरणका लागि पैसा अपुग भयो भने भइपरी खर्चबाट भए पनि मिलाउँछौ,” उनले भने । सो कार्यमा तनहुँ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छ ।
बत्ती बल्न बाँकी घरमा असोज कात्तिकभित्रै बत्ती बल्ने बताइएको छ । “आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौ, खम्बा गाड्ने, तार तान्नेलगायतका काम चलिरहेको छ”, उनले भने ।
उक्त गाउँपालिका–२ माहोरकोटमा पहिलो पटक बत्ती बलेको छ । उक्त ठाउँका ५९ घरमा बत्ती बलेको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । पुट्टार र बैदीका केही भागमासमेत विद्युतीकरण सम्पन्न भएको छ ।
पुट्टारका तारा खनालले धेरै वर्षको प्रतिक्षापछि बल्ल बिजुली बलेको बताउनुभयो । पुट्टारमा दुई चरणमा गरेर घर घरमा बिजुली पुगेको छ । साविक गजरकोट वडा नं ४ मा पाँच महिना अगाडि र अर्को ठाउँमा १५–२० दिन अगाडि बत्ती बलेको छ । “बिजुलीको सुविधा नहुँदा सोलारको प्रयोग गर्दै आएका थियौं, अब त बिजुली नै बाल्न थालिसकेको छौँ,” खनालले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा...दाङमा व्यावसायिकरुपमा माछापालन फस्टाउँदै, माछाको माग धान्न कठिन
दाङ । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा...माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि
तुलसीपुर । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न...मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह...भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...

प्रतिकृया लेख्नुहोस्:
- संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
- पाइपलाइनमा समस्या छैन : आयल निगम
- बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु