Khabar Dabali Logo
  January 18, Mon

बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक शुरु

काठमाडौं । गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गरिनेछ ।

पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो । गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।

भदौ २६ गते, २०७७ - १२:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार ओरालो लाग्दै सुनको मुल्य, आज तोलामा कति घट्यो ?

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि...   

संसद विघटनका मुद्दामा बहसः सरकार चलाउन नसके प्रधानमन्त्रीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन

काठमाडौं । संसद विघटनका मुद्दामा सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । आजको...   
नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

नेपालको पहिलो संगीत संयोजक गणेश परियारको निधन

काठमाडौं । नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ । ७६ वर्षका...   

प्रतिनिधिसभा विघटन मुद्दाः आज पनि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आइतार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा...   

मोरङमा निर्वाचनको तयारी

विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय...   

आगामी चुनाव गर्न ८ अर्ब बढी खर्च लाग्ने

काठमाडौं । आगामी बैशाखमा निर्वाचन गराउन आठ अर्ब बढी खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ। आइतबार...   

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा...   

सुमो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार...   

प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...   

सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top